गुल्मीमा वडा कार्यालय तोडफोड गरि ल्यापटप र नगद चोरी

११ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की-असोज ११ ,गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालय शनिबार राति तोडफोड गरि कार्यलयको ल्यापटप र नगद चोरी भएको छ ।

शुक्रबार वडाको कार्यालय बन्द गरि घरमा गएको समय पारी अज्ञात समुहले राती वडा कार्यालयको ढोका तोडफोड गरिकार्यालयको १ ल्यापटप,नगद ६० हजार चोरी भएको मालिका गाउँपालिका वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले जनाकारी दिए । आईतबार कार्यालय समयमा वडा कार्यालय खोल्दा कार्यालयको ताला फोरीएको देखेपछि कार्यालयका नि .सचिब मनिराम पन्थीले वडा अध्यक्ष देखि प्रहरीलाई खबर गरेका थिए । चोरि घटनाको खबर प्राप्त भएपछि मर्भुङ्ग प्रहरी टोली वडा कार्यालयमा पुगि घटनाको मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।

घमिरको भानुपोखरा बजार नजिकै चोरीको घटना हुदाँ स्थानीय बासिमा त्रास फैलिएको छ । पौष ९ गते घमिरकै वडा कार्यालय तोडफोड गरिएको थियो भने माघ ८ गते भानुपोखरा बजारमा रहेको देबिस्थान मोबाईल पसल पनि चोरी भएको थियो । पछिल्लो समय घमिरको वडा कार्यालय देखि बिभिन्न स्थानमा चोरीका घटना घटिरहेका छन् ।पछिल्लो समय घमिरमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर अहिले सम्म कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न