अर्घाखाँचीको कोठिया मैदानमा र ढुङ्शेरामा पहिरो:६ घर भत्किए, ५० घर उच्च जोखिममा

प्रकाशित मिति:

पुनहरि बेल्बासे-स्थलगत रिपोट, अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ ढुङ्गेशेरा र १२ कोठिया मैदानमा पहिरो जाँदा ६ घर भत्किएका छन् भने ५० घर उच्च जोखिममा परेका छन् । केही दिनदेखिको परेको अविरल वर्षाका कारण उक्त क्षेत्रमा पहिरो गएको हो । घर भत्किने र उच्च जोखिमा रहेता पनि मानवीय क्षति भएको छैन भने पशु चौपाय, लत्ताकपडा, खाद्यान्न भने क्षति भएको छ । तर पहिरो जाने क्रम नरोकिएको छैन ।

चार दिनअघि पहिरोले जमिन भासिदा डेढ दर्जन घरमा क्षति पुगेएको शितगंगाकै वडा नंं. १२ को कोठिया मैदान गाउँको ठीक पारिपट्टि ढुंगेशेरा गाउँ छ । कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा जोख्ले गैरा, पहरेपानी र बतासे टोलका ४७ घर परिवार पूर्णरुपमा विस्थापित भैसकेका छन् । ४७ घरमध्ये १७ घर काम नलाग्ने गरी भासिएका हुन् भने बाँकी उच्च जोखिममा परेकाले विस्थापित भएका छन् । विस्तापित ४७ परिवारलाई हाल वडा नम्बर १२ स्थित रजियामा रहेको गौरा माध्यमिक विद्यालयमा अस्थायी व्यवस्थापन गरिएको वडा नंं. १२ का वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए ।

पीडित परिवारका लागि राहत र उचित स्थानमा बास व्यवस्थापनका लागि प्रदेश सांसद रामजी घिमिरे पुगिसेका छन् भने संघीय सांसद तथा नेकपाका नेता टोपबहादुर रायमाझी बेलुका सम्म सो स्थानमा पुग्ने जानकारी शितगंगा नगरपालिकाका नेकपा अध्यक्ष बसन्तकुमार श्रेष्ठले आर्थिक बुलेटिनलाई जानकारी दिएका छन् । उता नगरप्रमुख सूर्यप्रसाद अधिकारीले पनि पीडित परिवारलाई सुरक्षित आवासको लागि नगरपालिका पहल गरिएको बताउँदै छिटै नै सुरक्षित ठाउँमा घर बनाइदिने बताएका छन् ।