नेपाली कांग्रेस बुटवल ११ मा इकाई गठन

प्रकाशित मिति:

बुटवल ११ असोज । नेपाली कांग्रेसले संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ । कांग्रेसले बुटवल वडा न ११ मा संगठन विस्तार अन्तरगत ईकाइ समिति गठन गरेको हो । शिरान गाउ टप मजुवामा आयोजित भेला वाट सर्वसहमतीमा कार्य समिति चयन गरेको हो । मतदान सभापती कृष्णमान कुवंरको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै कांग्रेस नगर सभापती खेलराज पाण्डेले आफुहरु हरेक वडामा संगठन विस्तार अभियानमा लागेको बताउनु भयो । उहांले विपदका वेला पनि राज्यको अनुभुती जनतामा नभएकोले कांग्रेसलाई पनि सक्रयि हुन नागरिकहरुको आग्रह रहेको उनको भनाई रहेको छ । सो अवसरमा वडा सभापती चित्र वहादुर वर्माले कम्युनिष्टहरुको झुठा
आश्वासनका कारण हिजो मतदान गरेपनि अव कांग्रेसको माग हरेकले गरेको बताउनु भयो ।

भेलाले लक्ष्मी कंडेलको अध्यक्षतामा ९ सदस्यीय ईकाई समिति गठन गरेको छ । जसमा उपाध्यक्ष रत्न वहादुर गुरुङ सचिवमा विक्रम गुरुङ, कोषाध्यक्ष शान्ता न्यौपाने, सहसचिव हरि वहादुर गाह रहेका छन् । त्यसैगरि समितिको सदस्यहरुमा नेत्र पोख्रेल, तारापती गौतम, शरन कुमार वाईवा, सिंह वहादुर पंगेनी लगायत रहेका छन् । त्यसैगरि इकाई समितिको सल्लाहरहरु पनि चयन गरेका छ । जसमा हरि कंडेल सल्लाहकार संरक्षक तथा मिन वहादुर विक, अत्म वहादुर राना र ओम भण्डारीलाई सल्लाहकारमा चयन गरिएको छ । कार्यक्रममा कांग्रेस नगर सदस्य सुवास रायमाझि, बडा सचिब दुर्गा बहादर खत्रि लगायतले बोल्नु भएको थियो ।