अगरवत्ती तालिम सम्पन्न

११ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


बुुुटवल-टघरमै बसेर समय खेर गैरहेका वेला बुटवल ११ देविनगरका महिलाहरुलाई
उद्यमी बनाउन भन्दै अगरवत्ती तालिम गरिएको छ । चौपारी टोल विकास समितिको आयोजना तथा नागरिक स्वरोजगार केन्द्रको सहयोगमा तालिम प्रदान गरिएको हो । स्थानिय १८ जना महिलाहरुलाई पहिलो चरणमा तालिम दिईएको हो । केहि समय पछि चुरा बनाउने तालिम समेत संचालन गरिने चौपारी टोल विकास संस्थाका अध्यक्ष राजु गुरुङले बताउनु भयो । उहांका अनुशार तालिम लिनका लागि धेरै महिलाहरुको माग भएपनि कोराना महामारीका कारण सामाजिक दुरी बनाउन चरण चरणमा गरिने छ ।

 

प्रयोगात्मक ढंगले चलाईएको तालिममा धेरै महिलाहरुले सिकेको सिपलाई व्यवहारमा उतार्ने बताएका छन् । प्रशिक्षक द्धय सिन्दु भण्डारी, जेनिसा भुषालले अगरवत्ती घरमै बसेर पनि बनाउन सकिने भएकोले आत्मनिर्भरताका लागि काम गर्न आग्रह गर्नु भयो । तालिक समापनका अवसरमा अध्यक्ष राजु गुरुङ, समितिका सल्लाहकार द्धय अर्जुन वहादुर कुवंर मिना कार्की सचिव नारायण रायमाझी लगायतले बोल्दै आत्मनिर्भरताका लागि यस्ता तालिम आवश्यक रहेको बताएका थिए । सो अवसरमा सहभागिहरुले उत्पादन गरेको बस्तु बजारसम्म लैजाने वातावरण बनाईदिन पनि आग्रह गरेका
थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया