चितवनमा सशस्त्रको २ वटा बिओपी स्थापना

प्रकाशित मिति:

काठमाडौं । चितवनमा सशस्त्र प्रहरी बलको दुईओटा बोर्डअर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।माडी नगरपालिका–१ गर्दि स्थित केदारेश्वर प्राथमिक विद्यालय भवन र माडी–९ स्थित राइडाँडा प्राथमिक विद्यालय भवनमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) राजु अर्यालले बताए ।

मर्ज भएपछि ति विद्यालय भवन खाली थिए । आईतबार सशस्त्र प्रहरी बल बागमती प्रदेश नम्बर–३ गढिमाइ बाहिनीका डिआईजी मन्दिप श्रेष्ठले बिओपी उद्घाटन गरे ।

 

एकैदिन स्थापना गरिएका दुवै बिओपीमा सशस्त्र प्रहरी निरीक्षकले कमाण्ड समालेका छन् । बिओपी स्थापनासँगै सिमावर्ती क्षेत्रमा सुरक्षाको महसुस भएको माडीका स्थानीयको भनाइ छ ।