बबइ रिर्सोटको सस्तो अफर

१२ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


बर्दिया– मध्य तथा पश्चिम नेपालको पर्यटकीय केन्द्र बर्दियाको ठाकुरद्धारास्थित बबइ रिर्सोटले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले सस्तो अफर सार्वजनिक गरेको छ । ठाकुरद्धारामा ठूलो लगानीमा निर्माण भएको रिर्सोटले काठमाडौं लक्षित गरेर दुइ रात तीन दिनकालागि यस्तो अफर ल्याएको हो । कोरोनाका कारण थला परेको पर्यटनलाई उकास्ने उद्धेश्यले अफर सार्वजनिक गरिएको रिर्सोटका सञ्चालक धर्म घिमिरे बताए ।

घिमिरेका अनुसार उक्त अफर अनुसार १८ हजार ९ सय ९९ रुपैया“ प्रति व्यक्ति खर्च तोकिएको छ । अफरमा काठमाडौं–नेपालगन्ज ओहोरदोहोर हवाइ भाडा समेटिएको छ । त्यसबाहेक रिर्सोटबाट नेपालगन्ज विमानस्थलसम्म गाडीको सुविधा रहेको छ । त्यसैक्रममा पाहुनालाई कर्णाली चिसापानी अवलोकन गराउने घिमिरेले बताए । घिमिरेका अनुसार उक्त खर्चमै रिर्सोटमा दुइ रातकालागि डिलक्स कोठा उपलब्ध गराइने छ । साथै बे्रकफाष्ट, एक दिनका लागि बिहान र दुइ छाक बेलुकाको खाना उपलब्ध गराइने छ ।

‘बर्दिया  निकुञ्जमा आधा दिन जीप सफारी गराइने छ,’घिमिरेले भने, ‘त्यस बाहेक गाउ“ अवलोकन, हात्ती प्रजनन केन्द्र र थारु संग्राहलय पनि घुमाइनेछ ।’ यस बाहेक गोही प्रजनन केन्द्र अवलोकन र थारु गाउ“ भ्रमण उपलब्ध हुने उनले बताए । यस बाहेक सेवा पनि उपलब्ध रहेको र त्यसका लागि रिर्सोटको शर्त लागू हुने घिमिरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा