धुर्कोट गाउँपालिकामा पञ्जीकरण सेवा इकाईको अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

असोज १२, गुल्मी ।

धुर्कोट गाउँपालिका पञ्जीकरण सेवा इकाई बर्बोट गुल्मीको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका सभाहल बर्बोट गुल्मीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आयोजना अन्तर्गत रहेर व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था, बैँकिङ्ग प्रणाली, डिजिटाइजेशन, गुनासो व्यवस्थापन तथा आयोजनाका विविध विषयमा छलफल गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष शिव बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, गाउँपालिका अन्तर्गतका वडा अध्यक्षहरु, सूचना प्रविधी अधिकृत देवराज आचार्य, वडा सचिव तथा वडा स्तरका विभिन्न कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

गाउँपालिकामा सामाजिक सुरक्षा भत्तालाई बैँकिङ्ग प्रणालीमा लाने प्रक्रिया भइरहेको छ भने केही दिनमै अनलाइन घटना दर्ता तालिम सञ्चालन गरेर वडा स्तरबाटै व्यक्तिगत घटना दर्तालाई अनलाइन मार्फत गर्ने निणर्य समेत भएको छ ।

कार्यक्रममा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनाको उद्धेश्य तथा कार्यक्रमको बारेमा सहजिकरण सेवा इकाईका एम.आइ.एस. अपरेटर झविन्द्र भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन फिल्ड सहायक रमेश पाण्डेयले गनुभएको थियो ।