बजारमा हल्ला सुदिपको मायालु जहिले रिसाउनि

प्रकाशित मिति:

 मधुसूदन नेपाल– नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह-निर्देशक गर्दै आएका सुदिप कुवरको नयाँ गीत “मायालु जहिले रिसाउनि”बोलको गीत सार्वजनिक भएको छ ।

बिष्णु नेपालको शब्द तथा सह-निर्देशक कुवरको संगीत रहेको गीतमा स्वयम आफूले अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको आवाज समिक्षा अधिकारीको आवाजमा रहेको गित दर्शक सामु लिएर उपस्थित भएका छन् ।
चलचित्र क्षेत्रमा सह-निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि आर्को गितमा उनी आफैले निर्देशक गर्दै आएका छन भने उक्त गीतमा पनि आफैले निर्देशन गरेका छन् भने भिडियोमा स्वम आफू सुदिप कुवर र समिक्षा अधिकारीलाई मुख्य भूमिकामा अभिनय गरेका छन भने बिष्णु नेपाल,मधुसूदन अर्याल र योगेन्द्र कार्की बाल कलाकार आरभी अर्याललाई पनि देख्न सक्नुन्छ ।
सुमन कार्किले खिचेको भिडियोलाई सुजल बदलले सम्पादन गरेका हुन भने अन्नत घिमिरेले रंग संयोजन गरेका हुन् ।गीतको भिडियो NNBL Entertainment अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने छ । दुई प्रेमी बीचको मायामा सानो झगडा रिसलाई प्रेम पुण भावमा रहेको शव्दलाई गितमा उतार्न खोजिएको छ ।
यसभन्दा अगाडिको गितमा पनि सहकार्य गर्दै आएको समिक्षा र सुदिपको गितले दर्शक श्रोताको मन जित्न सफल भएको थियो। यश गितले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने छ।
भिडियो हेर्नको निम्ति