कांग्रेसका पूर्वसांसद रायको निधन

१२ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असोज १२ । पूर्वसांसद एवं नेपाली कांग्रेस सप्तरीका पूर्वसभापति हरिप्रसाद राय अमातको निधन भएको छ। मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको सोमबार ८५ वर्षको उमेरमा धरानमा उपचारका क्रममा मृत्यु भएको हो।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसका तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। पछि उनी तमलोपामा केन्द्रीय सदस्य बनेका थिए भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उनी सक्रिय थिए। उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया