पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु

प्रकाशित मिति:

१२ असोज, बुटवल । पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ ।

रिब्दीकोट गाउँपालिकाको वडा नंं. ७ डबकामा सोमबार दिउँसो गोठ भत्किँदा गोठ मालिक स्थानीय ५५ वर्षका हरि लम्तरीको घटनास्थलमै मृत्यु भएको हो ।

गोठ भत्किँदा ४८ वर्षका अम्बरबहादुर पेग्नी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ ।

घटनामा एउटा भैंसी, पाडो र बाख्रासमेत च्यापिएर मरेका प्रहरीको भनाइ छ । अबिरल वर्षाका कारण झरीले जमिन गलेर गोठ भत्किएको प्रहरीले अनुमान गरेको छ ।