प्रदेश ५ : विभिन्न घटनामा एकैदिन ७ जनाको शव फेला

१२ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


प्रदेश ५ का विभिन्न जिल्लाहरूमा फरक-फरक घटनामा ७ जनाको शव फेला परेको छ। रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा फरक-फरक घटनामा आइतबार सात जनाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार वैदवारका अनुसार रुपन्देहीको देवदह नगरपालिका वडा नं. १२ कनपरास्थित रोहिणी खोला किनारमा महिलाको शव भेटिएको हो।

अन्दाजी ५०/५५ वर्षको उमेर देखिने शव सडेको अवस्थामा फेला परेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।रुपन्देहीकै सैनामैना नगरपालिका वडा नं. ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी चौकी दोभान पाल्पाको टोलीले थापाको शवलाई पाल्पाको तिनाउ गाउँपालिका वडा नं. १ झिंगामारास्थित जंगलमा फेला पारेको हो।त्यस्तै, बुटवल उपमहानगरपालिका वडा नं. ६ शान्तिनगरस्थित तिनाउ खोलाको किनारमा नवजात शिशु (बालिका) को शव फेला परेको छ। अन्दाजी ५/६ महिनाको जस्तो देखिने उक्त शिशुको शव प्लाष्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।त्यसैगरी, रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा एक जना पुरूषको करेन्ट लागेर मृत्यु भएको छ।

स्थानीय राधा आचार्यको निर्माणाधीन घरमा प्लाष्टर गरिरहेका शुद्धोधन ३ दोगाना बस्ने ४० वर्षीय तारा सिंह थारुले बिजुलीको नांगो तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ मा डेन्टल अस्पताल नजिकै गजेन्द्र भण्डारीको घरको रेलिङ वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय धनबहादुर थारु छन्। करेन्ट लागेपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ को बसपार्कस्थित लक्ष्मी हार्डवयर नजिकै अन्दाजी ६०/६५ वर्षको पुरूषको शव फेला परेको छ।

मधेशी मूलको जस्तो देखिने उक्त शव कस्को हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ मा जगतियामा आफ्नै माछा पोखरीमा डुबेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ।स्थानीय पञ्चराम थारुको १३ वर्षीया छोरीको घरदेखि एक किलोमिटर पूर्व रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब