अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?

१३ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


एकातर्फ नास्तिक मान्छेहरू भौतिक शरीर रहुन्जेलको सुखलाई नै वास्तविक सुख मान्छन् भने आध्यात्मिक मान्छेको सोचाइ फरक हुने गर्छ । अध्यात्मले जहिले पनि कर्म के हो रु असल र खराब कार्यको फल यही लोकमा मात्रै सीमित नभएर अर्को जन्मसँग समेत जोडिएको भन्दै कुनै पनि लालसाले अर्को जन्मको बन्धनमा हामीलाई फसाउने बताउने गर्छ । जबसम्म हामी कर्मको बन्धनमा बेरिएर बसेका हुन्छौं, त्यतिबेलासम्म हामी पुनर्जन्मको जालोमा बेरिइरहेका हुन्छौं भन्ने मान्यता छ । आफ्नो भाग र भोग अनुसारको कर्म निवृत्ति नगरेसम्म मान्छेले निरन्तर त्यही कर्मको जिम्मेवारी पूरा गर्न पनि पुनर्जन्म लिइरहनुपर्छ भन्ने आध्यात्मिक मत छ । यस मतबारे दर्शन अनुसार फरक फरक हुने गर्छ । पूर्वीय दर्शनका तीन सम्प्रदाय हिन्दु, बौद्ध र जैन दर्शनले पुनर्जन्मको अवधारणालाई कुनै न कुनै हदसम्म मानेका छन् ।

बौद्ध मतले पुनर्जन्मलाई स्वीकार गरे पनि आत्माको अमरत्वको कुरालाई मान्दैन । यो ब्रह्माण्ड, जीव, शरीर, संसार सबैथोक अस्थिर छ, कुनै कुरा स्थायी र स्थिर छैन भन्ने विचार हो । यसले मान्छे एकै दिनमा पनि कैयौं पटक मरेर पुनर्जन्म लिन्छ भन्ने विचार राख्ने सम्प्रदाय हो । संसारमा सदैव परिवर्तन भइरहेको छ, यो संसार परिवर्तनशील छ । त्यसैले मानिसको आत्मा पनि स्थिर वा स्थायी हुँदैन भन्ने मत बौद्ध दर्शनको छ । त्यस्तै, अर्को दर्शन जैनवादले आत्मा सिद्धिको कुरा गरेको छ । जैन दर्शनले मानिसको मात्र होइन, सबै जीवको, मानिसभित्र हुने अति सूक्ष्म किराहरूको समेत आत्मा हुन्छ भन्ने मान्यता राखेको छ । त्यसैले अध्यात्म एउटा यस्तो ज्ञान हो । जसले सबै कुरा कुनै कर्ताको हातमा रहेकोले कुनै पनि कुरामा मरिहत्ते गर्नु आवश्यक नरहेको बताउँछ । यस जीवनमा बाँच्नको लागि बाँच्नु मात्र हो। यस जस्तो जीवन बिताउनु बाहेक, त्यहाँ धेरै हुनु पर्छ। त्यहाँ एक उच्च जीवन हुनुपर्छ। जीवनको लागि, यस प्रश्नको सहि उत्तरमा पुग्नै पर्छ, ’म को हुँरु ’यो प्रश्न कुनै पनि जन्मबाट उत्तरहीन छ। ’ म को हु ?

आफ्नो सच्चा स्वरूपको खोजी गरौं- म को हुँ रु म के होइन रु आत्मा भनेको के हो रु के मेरो हो रु के मेरो होइन रु दासत्व भनेको के हो रु मुक्ति भनेको के हो रु भगवान कर्ता हुन् कि होइनन् रु भगवानको वास्तविक स्वरूप के हो रु यस संसारको साँचो कर्ताको प्रकृति कस्तो हुन्छ रु यो संसारलाई कसले चलाउँछ रु सृष्टिकर्ताले कसरी काम गर्छ रु मायाको वास्तविकता के हो रु हामीले देखेका कुरा मात्रै सत्य हुन् कि त्यसको पछि पनि केही शाश्वत सत्य छ रु हामीले जति ज्ञान प्राप्त गरेका छौं, त्यो कतिसम्म सत्य छ रु यी कुराको खोजीबाट अध्यात्मले आफूले आफूलाई चिनाउने गर्छ । यी सबै प्रश्नहरूको सही उत्तर अध्यात्मले खोज्ने प्रयास गर्छ । यो असीमित खजाना हो । यो अध्यात्म विज्ञानसँग एक अद्भुत शक्ति छ ।

शुद्ध प्रेमको परिभाषा के हो ? हिजोआज प्रेम शब्दको यति दुरूपयोग भएको छ कि हरेक चरणमा यसको अर्थका बारेमा प्रश्नहरू खडा हुने गर्छन् । यदि यो सांसारिक रूपमा गर्ने प्रेम सच्चा प्रेम हो भने यसमा धोका भन्ने शब्द कसरी आउँछ ? केवल ज्ञानी पुरुषले जो जीवित मूर्तिहरू हुन्, हामीलाई प्रेमको सही परिभाषा दिन सक्छन् । साँचो प्रेम त्यो हो जुन कहिल्यै बढ्दैन र घट्दैन पनि । सम्मान गर्ने व्यक्तितर्फ कुनै उत्कटता हुँदैन, न त अपमान गर्ने व्यक्तिप्रति कुनै घृणा नै हुन्छ । संसारमा हुने यस्तो प्रेमलाई निर्दोष मान्ने गरिन्छ । संसारमा कुनै साँचो प्रेम छैन भन्दा पनि फरक नपर्ला । साँचो प्रेम एक व्यक्तिमा मात्र हुन सक्छ, जसले आफ्नो प्राणलाई पूर्णरूपले चिन्दछ । मृत्यु पछाडिको विज्ञान स् आत्मा र पुनर्जन्म के हो ? मृत्यु भनेको के हो भन्ने प्रश्नको वास्तविक उत्तर पनि अध्यात्मले नै दिन सक्छ । मृत्यु के हो रु मृत्युको समयमा के हुन्छ रु मृत्यु पछि के हुन्छ रु मृत्युको अनुभवको बारेमा कसरी भन्न सकिन्छ रु मर्ने मान्छे मरिहाल्छन्, बाँचेकाहरूले मृत व्यक्तिको बारेमा कसरी भन्न सक्छ रु जो जन्मन्छन् उनीहरूलाई आफ्नो अघिल्लो जन्मको बारेमा केही याद हुँदैन, कसैलाई पनि थाहा हुँदैन कि जन्म र मृत्युपछि के हुन्छ रु यी कुरा आध्यात्मिक मार्गमा लागेपछि विस्तारै आफैँले महसुस गर्ने कुरा हो ।

के पुनर्जन्म वास्तविकता हो ? डार्विनको मान्छेको उत्पत्ति सम्बन्धी सिद्धान्तअनुसार मानव जीवनसम्मको यो चरणमा विभिन्न विकासक्रम तयार भएको उल्लेख सो सिद्धान्तमा छ । यद्यपि त्यसमा पनि अब मान्छेपछि हाम्रो स्वरुपबारे केही उल्लेख गरिएको छैन । अध्यात्मले मृत्युको बारेमा जानकारी दिएर मृत्युप्रति मान्छेको डरलाई भगाउने काम गर्छ । आत्मा कहिलै मर्दैन भन्ने केही हिन्दु दर्शनको मत छ । त्यसैले एक पटक आत्मालाई राम्रोसँग बुझ्न सक्यो भने मात्रै त्यो मान्छे मृत्युबाट डराउँदैन भन्ने अध्यात्मको मत छ ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग