अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह द्वारा आभार

प्रकाशित मिति:

अमेरिका। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा २६ सेप्टेम्बर शनिवारका दिन महिला राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यो अमेरिकामा पहिलो,ऐतिहासिक नेपाली राष्ट्रिय महिला सम्मेलन सफलता पुर्बक सम्पन्न भएको दाबी गरिएको छ। साथै सम्मेलन सफल बनाउ सहयोग गर्ने सबैलाई एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहले आभार तथा कृतज्ञता ब्यक्त गरेका छन्।

साहले एक बिज्ञप्ति जारी गर्दै “यो सम्मेलन एनआरएनए अभियानकै पहिलो ऐतिहासिक राष्ट्रिय महिला सम्मेलनको रुपमा सम्पन्न भएको विश्वास रहेको छ ।” भनेका छन्। अध्यक्ष साहद्वारा जारी बिज्ञप्तिको पूर्णपाठ स् गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा सेप्टेम्बर २६, २०२० शनिवारका दिन महिला राष्ट्रिय सम्मेलन सफलता पूर्वक सम्पन्न भएको छ । यो सम्मेलन एनआरएनए अभियानकै पहिलो ऐतिहासिक राष्ट्रिय महिला सम्मेलनको रुपमा सम्पन्न भएको हाम्रो विश्वास रहेको छ । यस सम्मेलनका क्रममा महिला शसक्तिकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएन अभियानमा महिला, , एनआरएनए अभियानमा युवाको सहभागिता र अवस्था, एनआरएनएमा महिलाको सहभागिता हिजो,आज र भोली जस्ता तमाम राष्ट्रिय, अन्तराष्ट्रिय र एनआरएन अभियानसँगअन्तरसम्बन्धित विषयमा अन्तरक्रियात्मक छलफल भएको र यसले आगामी दिनमा अझ प्रभावकारी कार्य गर्नका लागि अर्थ पूर्ण भूमिका खेलेको हामीलाई लागेको छ । यस सम्मेलन सफल पार्नका लागि सम्मेलन उद्घाटन सत्रमा सहभागि अतिथि ज्यूहरु, वक्ता ज्यूहरु, सम्मेलनका क्रममा भएका विभिन्न विषयगत गोष्ठीमा पेनालिष्टको रुपमा सहभागि विज्ञ व्यक्तित्वहरु, सहजकर्ता ज्यूहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

साथैं यस कार्यक्रमलाई सफल पार्न प्रविधिको क्षेत्रमा रहेर महत्वपूर्ण योगदान दिनुहुनुे आइटी टिमका साथीहरुप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छु । संचारकर्मी मित्रहरुमा पनि हार्दिक आभार व्यक्त गर्दछु । अन्त्यमा, यस सम्मेलनलाई ऐतिहासिक रुपमा सम्पन्न गर्नका लागि भूमिका निभाउनुहुने संघकी महिला संयोजक दिक्षा बस्नेत एवं समितिका साथीहरु, सल्लाहकार ज्यूहरु, संघका प्रमुख संरक्षक एवं संरक्षक ज्यूहरु, संघका सल्लाहकार ज्यूहरु, पदाधिकारी तथा कार्यसमितिका साथीहरु, अमेरिकावाट एनआरएनए आइसिसीमा विभिन्न ओहोदामा रहनुहुने एनआरएनए अभियन्ताहरु, आइसिसीका पदाधिकारी एवं सदस्य ज्यूहरु, एनआरएनए अमेरिकाज क्षेत्रका अभियन्ता साथीहरु, एनआरएनए क्यानडाका साथीहरु एवं प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगवाट योगदान गर्नुहुने सबै सबैमा हार्दिक धन्यवाद सहीत कृतज्ञता प्रकट गर्दछु । आगामी कार्यक्रमहरुमा पनि सबैवाट यस्तै सहयोग रहनेछ भन्ने विश्वास समेत लिएको छु । धन्यवाद । जय एनआरएनए । सुनील साह
अध्यक्ष गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका।