कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद सहयोग

प्रकाशित मिति:

रेश्मीराज न्यौपाने -कालीगण्डकी पहिरो पीडितलाई उनीहरु कै घरमा गएर आर्थिक सहयोग गरिएको छ । संबिधान सभा सदस्य मोहन प्रसाद पाण्डे र दियालो संस्थाकोतर्फबाट नगद सहयोग प्रदान गरिएको हो ।

सभासद पाण्डेद्वारा मृतकका परिवारलाई रु १५ हजार तथा बिस्थापित परिवारका लागि रु १० हजार प्रदान गर्नु  भएको हो । त्यस्तै दियालो संस्थाका तर्फबाट अध्यक्ष कविता तिवारी गैह्रेले मृतक र बिस्थापित परिवारका लागि रु १०/१० हजार प्रदान गर्नु भएको हो ।

सो अवसरमा दियालो संस्थाले केयर नेपाल,बाट प्राप्त बिपन्न सामाग्री समेत परिवारजनलाई हस्तान्तण गरिएको थियो । गत असोज ८ गते कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ गौतम टोलमा पहिरो जाँदा एक जनाको ज्यान गएको थियो भने  घर बिस्थापित गर्नु भएका थिए ।

थप समाचार