नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।

१३ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


भैरहवा । गत शुक्रबार आएको अविरल बर्षा को कारण रुपन्देही क्षेत्र न १ ओमसतिया ५ पिपरहियामा क्षेती पुर्याएका ३० धर पीडित लाई राहत सामाग्री वितरण गरिएको छ । उक्त राहत सामाग्री सिद्धार्थ जेसीजको सहयोगमा वितरण गरीएको हो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति श्री अब्दुल रज्जाकको प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेस जिल्ला सदस्य, प्रदेश १ ख का प्रत्यासी हरि न्यौपाने , जिल्ला सदस्य नवीन आचार्य,जि स अकवाल खा लगायतको सहभागिता थियोे भने कार्यक्रमको अध्यक्षता सिद्धार्थ जेसीजका अध्यक्ष भुवन राणाले गर्नु भएको थियोे । कार्यक्रम संचालन जेसि हुमाकान्त भुसालको गर्नु साथै स्वागत जेसि कमल भण्डारी गर्नु भएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया