वालिङमा आइसोलेसनमा रहेका पुरुषको निधन

प्रकाशित मिति:

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यू भएको छ । असोज ५ गते भारतबाट आएका ४३ बर्षिय पुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायीक भवनमा राखेर उपचार भइरहेको अवस्थामा उनको निधन भएको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले बताए । १२ गते सोमवार उनको दोस्रो पटक स्वाव लिइएको र नतिजा नेगेटिभ आएको पाण्डेले बताए ।

दुबै मृगौला फेल र क्यान्सरको रोगी रहेका ४३ बर्षिय पुरुषको निधन भएपछि आएको नतिजामा भने कोरोना नेगेटिभ आएको पाण्डेले बताए । कोरोना संक्रमण नेगेटिभ आएपछि उनको अन्त्येष्टी भने धार्मिक परम्परागत रुपमै हुने बताइएको छ ।