गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण

१३ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको परिक्षण गरेको छ । गल्याङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा दुग्ध संकलन केन्द्रमा पुगेर किसानले पालिरहेका पशुहरुको परिक्षण गरिएको हो । विभिन्न १६ वटा दुग्ध संकलन केन्द्रमा पशुहरुको परिक्षण गर्ने क्रममा गल्याङ नगरपालिका वडा नम्बर ११ दिमिकमा मंगलबार पशुहरुको परिक्षण गरिएको छ । किसानलाई प्राविधिक परामर्श सहित पशुको गोबर तथा अन्य समस्याहरुको बारेमा सम्बन्धित ठाउँमा नै पुगेर परिक्षण गरिएको पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिनुभयो ।

दिमिक दुग्ध संकलन केन्द्रमा एक सय भन्दा बढि किसानका दुई सय भन्दा बढि पशुको परिक्षण गरिएको पशु शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।
अन्य दुग्ध संकलन केन्द्रमा पनि नियमित रुपमा पशुहरुको परिक्षणको काम जारी रहने उहाँले बताउनुभयो ।गल्याङ नगरपालिकाका पशु चिकित्सक डाक्टर अनिस सापकोटा, पशु प्राविधिकहरु डिल्लीराम अर्याल, शिब सुबेदी सहितका कर्मचारीहरु परिक्षणका क्रममा सहभागी हुनुभएको थियो । दुध उत्पादनमा उत्साहित ढंगले लागेका किसानहरुलाई थप सहयोग गरी अझै हौसला प्रदान गर्नका लागि टोलमा नै पुगेर पशुको उपचारमा संलग्न भएको उहाँको भनाई छ ।

गल्याङ नगरपालिकामा दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएपछि किसानहरु दुध उत्पादनमा सक्रिय बन्न थालेका छन् । साथै व्यवसायिक ढंगले पशुपालन गर्नेहरु पनि बढेका छन् । तीन वर्ष अगाडि दुध तथा दुधजन्य पदार्ध आयात गर्नुपर्ने गल्याङमा हाल आन्तरिक खपत पुरा गरी दैनिक करिब तीन हजार लिटर दुध बाहिरी बजारमा पठाइने गरिएको नगरपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया