छिरिङ राप्के लामालाई अमेरीकामा सम्मान

प्रकाशित मिति:

न्युयोर्क, अमेरिकास् सन २०२० मार्च महिनाको सुरु भए लगत्तै न्युर्योकमा कोरोना महामारीको केन्द्रबिन्दु थियो र हामीलाई आफ्नो घर बाट बाहिर निस्कन असन्भव थियो। यस्तो कोरोना महामारीको केन्द्रबिन्दुमा मानिसको ज्यान कसरि बचाउने भन्ने बेला मास्क, टाईनेनोल, पन्जा,स्यानीटाईजर र आफ्नै पैसा खर्चेर ग्रोसरि समेत किन्दै कोरोना महामारीबाट प्रभावित नेपाली समुदायको घर घरमा गई यस्ता आवश्यक वस्तुहरु पुर्‍याउने न्युर्योकका कोभिड-१९ का महा(नायक एंव गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का केन्द्रीय सदस्य साथै समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई स्याङ्जा समाज अमेरिकाले सहि मुल्यांकन गर्दै सम्मान गरेको छ।

कोरोना महामारी न्युर्योकमा चुलिएको बेला लामाले नेपाली समुदायमाथि पुर्‍याएको योगदान बारे समाचारहरु सम्प्रेषण गरेको थियो। स्याङ्जा समाज अमेरिकाको प्रथम साधारण सभा सेप्टेम्बर २८, २०२० मा सम्पन्न भएको थियो र उक्त अवसरमा लामालाई सम्मान गरिएको हो। अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने स्याग्जालीको सहभागिता रहेको कार्यक्रममा समाजका सभापति विरेन्द्र जङ केसी, समाजका संरक्षक एव् समाजसेवी श्यामकाजी गुरूङ, समाजका सदस्य दिनेश भन्डारी, भान्सा घर रेस्टुरेन्टकी प्रोप्रईटर बिमला हमाल ठकुरी लगायतका वक्ताले छिरिङ राप्के लामाले समाज प्रति समर्पित भएर सेवा गरेको चर्चा गर्नु भएको थियो ।सम्मानित लामाले प्रवासमा रहेका नेपालीलाई पुर्‍याएको योगदानबारे चर्चा गर्दे प्रवासमा सवै नेपालीहरुमा एकता सँगै सहि मुल्याकंनको खाँचो रहेको औल्याए। स्याग्जा समाज अमेरिकाले नेपालमा बाढी पीडित, भूकम्प पीडितलाई सहयोग गर्दै आएको छ। फोटो : दिवाकर बांगचन्द।