नयाँ नक्सासहितको पाठ्य सामग्री वितरण गर्न नेविसंघको माग

प्रकाशित मिति:

असोज, काठमाडौं । नेपालको नयाँ नक्सा समेटेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको पाठ्य सामग्री वितरणको माग गर्दै नेपाल विद्यार्थी संगको सीटीईभीटी इकाइले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको थियो ।

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर तयार पारेको शैक्षिक पाठ्यसामग्री शिक्षा मन्त्रालयले सार्वजनिक गरे पनि पछि प्रधानमन्त्रीको निर्देशनमा रोकिएको थियो । नेविसंघ सीटीईभीटीमा आवद्ध विद्यार्थीहरुले मंगलबार माइतीघरमा भेला भई त्यसविरुद्ध प्रदर्शन गरे र तत्काल उक्त पाठ्य सामग्री वितरण गर्न माग गरेको हो ।