मुटुको स्वास्थ्यको लागि उपयोगी तीन प्राकृतिक उपचार

प्रकाशित मिति:

मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ । मुटुको कारणले तपाईंको शरीरमा कुनै प्रकारको क्षति हुनबाट जोगाउन र मुटुलाई बलियो बनाउनको लागि विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरिन्छ । त्यसमध्ये निम्न प्राकृतिक उपचार एवं औषधिहरूले सजिलैसँग हाम्रो मुटुमा देखा पर्नसक्ने विभिन्न समस्या सामना गर्ने बलियो आधार प्रदान गर्छ । पीपलको पातलाई घोलेर पिउनु

हरेक दिन बिहान पिपलको १५ वटा नयाँ पत्ता टिप्नुहोस् । ती पातलाई राम्ररी धुनुहोस् र सानोसानो टुक्रामा काट्नुहोस् । त्यो पातको टुक्रालाई दुई गिलास पानीमा मिसाएर उमाल्नुहोस् र एक गिलास नहुँदासम्म उमालिरहनुहोस् । त्यसपछि बिहान खालीपेटमा यो पिउनुहोस्, यसले तपाईंको मुटुलाई सुरक्षित बनाउन मद्धत गर्छ । यो कति समयसम्म पिउने रु भन्ने प्रश्न पनि आउन सक्छ । यसको लागि एक वर्षमा तपाईंको उमेर अनुसार कति दिन पिउने भन्ने यकिन गर्न सकिने आयुर्वेदिक चिकित्सकहरू बताउँछन् । आयुर्वेदका जानकारहरू तपाईंको उमेर जति छ त्यति नै दिन यस्तो पेय पदार्थ पिउनु स्वास्थ्यको लागि लाभदायक हुने बताउँछन् । यो सानो उपचारले तपाईंको मुटुलाई स्वस्थ र शक्तिशाली बनाउँछ ।

बेसार र चुना पानीको मिश्रण-  हलेदो बेसार बनाउन प्रयोग गरिने कन्दमुल०को पोटीलाई चारदिनसम्म चुनापानीमा भिजाउनुहोस् । त्यसपछि ती पोटीलाई चार दिनसम्म चुना पानीमा भिजाउनुहोस् । त्यसपछि तिनीहरूलाई बाहिर निकाल्नुहोस् र सुकाउनुहोस् । जब यो पोटी राम्रोसँग सुक्छ तब तिनीहरूलाई पिस्नुहोस् र पाउडर बनाउनुहोस् । अब यस पाउडरको एक ग्राम उदाहरणका लागि चम्चाको चतुर्थको एक चौथाइ बिहान र साँझ तातो पानीसँग लिनुहोस् । यसले धमनीमा भएको अवरोधलाई खोल्छ । यो नुस्खा जहिले पनि प्रयास गर्न सकिन्छ । यसले हृदयलाई सधं स्वस्थ राख्न पनि मद्धत गर्न सक्छ ।

तुलसी र पुदिना पातहरू-मुटु स्वस्थ राख्नका लागि यो सजिलो तरिका हो । यसमा तुलसी र पुदिनाका पाँच–पाँच वटा पातहरू हरेक बिहान खानुपर्छ । यसले रगतको उच्चस्तरलाई सामान्य राख्छ, ताकि रक्तधमनीहरूमा कुनै अवरोध हुँदैन र हृदयाघातबाट बचाउँछ। यो उपचार दैनिक रूपमा गर्न सकिन्छ ।@onlinekhabar