शरीरका लागि आवश्यक ओमेगा ३ को स्रोत के हो ?

प्रकाशित मिति:

ओमेगा ३ फ्याट्टी एसिड एक प्रकारको बोसो युक्त पदार्थ हो । यसले शरीरमा हर्मोन उत्पादनका साथसाथै शारीरिक तथा मानसिक विकासमा समेत मद्दत गर्ने गर्छ । यसका धेरै फाइदा र कार्यहरू छन् । शाकाहारी वा मांसाहारी जुनसुकै स्रोतबाट पनि ओमेगा ३ फ्याट्टी एसिड प्राप्त गर्न सकिन्छ । ओखर, सुक्खा फल, बदाम, अलैची, सूर्यमुखी, सोयाबिन, अंकुरित गेडागुडी, बन्दा, हरियो सिमी, ब्रोकोली, हरिया पातदार तरकारीहरू, स्ट्रबेरीजस्ता फलहरूमा प्रशस्त मात्रामा ओमेगा ३ पाइन्छ । ट्युना, साल्मन, हिल्सा, सार्डिनजस्ता समुद्री खाना समेत ओमेगा ३ को राम्रा स्रोतहरू हुन् । यसबाहेक गाईको दूध, बदाम र अण्डाहरूको सेवन पनि हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ । कसरी खाने यस्ता खानेकुरा ?

स्वस्थ व्यक्तिले आफ्नो शरीरको तौलको हिसाबले ओमेगा ३ फ्याट्टी एसिड खानुपर्छ । पोषणविद् वा चिकित्सकसँग परामर्श गरी यस्तो खानेकुरा खानुपर्छ । किनकि अत्यधिक बोसोले मोटोपना निम्त्याउँछ । विभिन्न फलका बिउलाई पाउडर जस्तो बनाएर आधा चम्चा पानीको साथ बिहान खाली पेटमा खानु आफैँमा लाभदायक हुने गर्छ । ओमेगा ३ युक्त फलफूल एवं तरकारीलाई तेलमा पकाउँदा यसले झनै फाइदा गर्छ । स्वस्थ व्यक्तिले एक दिनमा ओमेगा ३ फ्याटी एसिडको ४ ग्रामलाई केही खानेकुरासँग मिलाएर खानुपर्छ । बाल स्वास्थ्य संगठनहरूले बच्चा, गर्भवती र स्तनपान गराउने महिलाहरूको लागि दैनिक २ ग्राम ओमेगा ३ युक्त खानेकुरा सेवन गर्न सिफारिश गर्छन् । बिरामी मानिसहरूले यसको सेवनपूर्व डाक्टरको सल्लाहलाई पालन गर्नुपर्छ ।

यसको कमीमा कस्ता समस्या देखिन्छन्- पर्याप्त सेवनका बाबजुद पाचन प्रणालीमा गडबडी हुँदा कहिलेकाँही मेटाबोलिजम वा अवशोषणमा कमी भएका कारण ओमेगा ३ फ्याटी एसिड अभावको जोखिम बढ्छ । यसको अभावले उच्च रक्तचाप, हृदय रोग, उच्च कोलेस्ट्रोल, मधुमेह, आन्द्रासम्बन्धी रोग, अल्जाइमर जस्ता रोगहरू निम्त्याउन सक्छ । अनुसन्धानले प्रमाणित गरेको छ कि खानामा ओमेगा ३ को अभावले स्तन र प्रोस्टेट क्यान्सरको जोखिम बढाउँछ ।

ओमेगा ३ केकेका लागि फाइदाजनक छ ?– ओमेगा ३ को नियमित सेवनले रगतमा बोसो वा ट्राइग्लिसराइड्सको स्तर नियन्त्रण हुन्छ । जसले हृदय रोगहरूको जोखिम ५० प्रतिशतसम्म कम हुन्छ ।– यस्ता खानेकुराकोे नियमित सेवनले शरीरमा सूजन पैदा गर्ने तत्वहरूको प्रभावलाई कम गर्छ । यसले विभिन्न किसिमका दुखाइ कम गर्न मद्धत गर्छ ।– ओमेगायुक्त खानेकुराले बच्चाहरूको स्नायु प्रणाली, मानसिक र शारीरिक विकासमा सहयोग पु¥याउँछ । बच्चाहरूको सिकाउने शक्तिलाई बढावा दिने र उनीहरूको मानसिक कौशल सुधार गर्न मद्धत गर्ने गर्छ ।

बढी सेवन स्वास्थ्यकै लागि हानिकारक ओमेगा ३ फ्याट्टी एसिडहरू सहितको आहार खाना निरन्तर खाँदा हाम्रो स्वास्थ्यलाई कुनै हानि हुँदैन । तर अत्यधिक बोसोले शरीरको कोशिकामा समस्या सिर्जना गर्ने गर्छ । यसबारेमा ध्यान दिइएन भने भविष्यमा उच्च रक्तचाप, हृदयघात, मधुमेह जस्ता रोगहरूको जोखिम समेत यसमा बढ्न सक्छ ।@onlinekhabar