बुधवार बिहान बुटवलमा एक संक्रमितको मृत्यु

१४ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधवार बिहान एक संक्रमितको मृत्यु भएको छ । असोज ११ गते स्वास्थ्यमा समस्या भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याईएका देवदह ११ का ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । ११ गते नै पिसिआर पोजेटिभ देखिएपछि उनको कोरोना अस्पतालको आइसियुमा राखी उपचार भइरहेको थियो ।मृतकको मृगौला र रगतमा खराबी रहेको थियो । योसंगै अस्पतालमा मृत्यु हुनेको संख्या २० पुगेको छ । अस्पतालको आइसियुमा हाल १६ र भेन्टिलेटरमा एक बिरामीको उपचार भइरहेको थापाले जनाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया