दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा

प्रकाशित मिति:

मनोज कार्की ,असोज १४ गुल्मी – गुल्मीका गा्रमिण भेगमा चल्ने सवारीले यात्रुबाट मनपरी भाडा लिएपछि प्रहरी फन्दामा परेका छन् । बुुधबार जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय गुल्मीले गरेको सवारी अनुगमनमा मनपरि भाडा लिने र दोब्बर यात्रु बोक्ने २ बस र ५ जीपलाई प्रहरीले नियन्त्रणमा लिएकोे हो ।

सदरमुकाम तम्घासबाट गा्रमिण भेगका गाउँ गाउँ जाने सवारीले मनपरि भाडा लिने र दोब्बर यात्रु सवार गराई रहेको गुनासो नागरिकले गरेपछि जिल्ला ट्रफिक कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुगमनमा सक्रियता देखाएका छन् । आज समातिएका सबै सवारी मध्ये केहिले दोब्बर यात्रु राखेका थिए भने केहिले चर्को भाडा उठाएको पाईएपछि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा ७ वटा सवारी ल्याईएको प्रहरी नायव उपरिक्षक केदारराज पन्तले जानाकारी दिए ।

केदारराज पन्त प्रहरी नायव उपरिक्षक दैनिक रुपमा ट्राफिक कार्यालय गुल्मीले सवारी चेकजाँच गरेता पनि सवारी चालकहरुले यसको लापार्वाहि गर्दै आएको ट्राफिक कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डेले बताए । यसरी पनि सवारी बारम्बार गल्ती दोहोराएमा यातयात ब्याबस्था मार्फत कार्यालय अगाडि बढाउने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।जिल्लाका गा्रमिण भेग सिमलटारी , मर्भुङ्ग मैदान, घमिर ,छापहिले,नेटा ,दर्लिङ्ग, इस्मा ,धुर्कोट , ह्वाङदी, धुर्कोट लगाए स्थानमा गुड्ने सवारीले मनपरी भाडा उठाउँदै आएका थिए । बुधबार प्रहरीले नियन्त्रणमा लिएका सबै सवारीलाई एक दिन राखेर मात्र छोड्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।