४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका किशानहरु चिन्तीत बन्दै ।

१४ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


डिलाराम भुसाल,कपिलवस्तु- कपिलवस्तुको बुद्धभुमी १० का बहराची केवटको १ बिगाहामा लगाएको तरकारी फसलले दसैँ अगाडी उत्पादन दिन सुरु गथ्र्यो । उनको खेतमा काउली, बन्दा, टमाटर, खुर्सानी, ब्रोकाउली लगायतका बिरुवा सर्लक्क बढेका थिए । अहिले तरकारीको मूल्य उच्च रहेको छ । करिब तिन महिना सम्म ती बोटबाट तरकारी उत्पादन हुन्थ्यो। अर्घाखाँची, पोखरा, बुटवल लगायतका बजारमा उनले तरकारी थोक मूल्यमा बिक्री गर्दै आएका थिए । ४ दिन सम्म परेको पानीले बहराचीको सपना चकनाचुर पारेको छ ।

‘लकडाउन सुरु भए देखी मारमा परेको छु । कोरोनाका कारण तरकारी न्यून मूल्यमा दिनु पर्‍यो । सलह किरा आउँदा आधा जति तरकारी खेती नष्ट गर्‍यो। अहिले पुरै तरकारी बारी पानीले नष्ट गरेको छ । लगानी गरेको सबै खेर गयो । चाडपर्वको बेलामा परेको विपतले सबै कृषकको सपना चकनाचुर पारेको छ, बहराचीं केवट बताएका छन् । लोहरौलाका कृष्ण मोहन केवट कृषिबाट परिवार धान्दै आएका छन् । गैर सरकारी संस्थाको जागिर छाडेर तरकारी खेती, माछा र कुखुरा पालन गर्न सुरु गरेका थिए । लकडाउनका कारण एक सयमा कुखुरा बेच्दा ३ लाख घाटा लागेको थियो । अहिले तरकारीको मूल्य उच्च भएको हुँदा बिक्री गरी घाटा पूर्ति हुने सपना देखेका थिए । उनको परिवारले ५ कट्ठा क्षेत्रफलमा लगाएको तरकारीका बोट सप्रिएको थियो । दुई महिना देखी खेतीमा नियमित रेखदेख गर्दै आएका थिए । ४ दिने वर्षाले उनको
खेतमा पानी पसेर सबै बिरुवा नष्ट गरेको छ ।कपिलवस्तुमा लगातार ४ दिनसम्म परेको वर्षाका कारण बुद्धभुमी र कपिलवस्तु नगरपालिकाका लगाएत अन्य स्थानमा तरकारी खेती सखाप भएको छ । तरकारी जोनका अध्यक्ष रमेश केवट भन्छन्न् , ‘ जोनको कार्यक्षेत्रमा ४१० हेक्टरमा तरकारी खेती गरिएको छ । करिब ५ सय कृषकले बन्दा, काउली, ब्रोकाउली, खुर्सानी, टमाटर, काँक्रा, मुला लगायतका तरकारी लगाएका थिए । कृषकले साउनको पहिलो साता बिउ लगाई १ महिना पछि बेर्ना तयार भएको थियो । भदौमा सारेको बेर्ना उत्पादन दिनु अगाडी नष्ट हुँदा कृषकको लगानी र मेहनत खेर गएको छ । छिटपुट रूपमा केही बोट बाहेक सबै नष्ट भएका बताउदै यहाँका सामान्य कृषक ले पनि एक सिजनमा न्यूनतम ३० हजारको लागतमा बिउ विजन खरिद गरी तरकारी लगाउने गरेको उनले बताए । बुद्धभुमी १० का देवपुरा, लोहरौला, झलवा , भगवानपुर, मोतिनगर लगायतका ठाउँ तरकारी खेतीको मुख्य क्षेत्र हुन । यहाँका खेतमा लगाएका तरकारीका बिरुवा काम नलाग्ने भएका छन्न् । बन्दाका बिरुवा ओइलाएर खेतमा पल्टिएको छ ।

टमाटरमा बोटका जरा कुहिएका छन् । काउली लगाइएको खेतमा नष्ट भई खेल मैदान जस्तै देखिएको छ । बाणगंगा नदीका बगरमा लगाइएका बगरे खेती समेत प्रभावित भएको छ । यी क्षेत्रमा ५ सय भन्दा बढी कृषकले ब्यवसायीक रूपमा खेती गर्दै आएका थिए । खेतबारीमा केही बोट देखिएका छन् तर जरा कुहिएको कारणले केही दिन सुकेर मर्ने छ । कृषकले अव फेरी बेर्ना उत्पादन गर्नु पर्ने बाध्यता देखिएको छ । नयाँ बेर्ना तयार गर्दा पुस माघमा तरकारी उत्पादन हुनेछ । पुस माघमा तरकारीको मूल्य न्यून हुने गर्दछ ।
कपिलवस्तुका कृषकमा पछिल्लो ६ महिनामा ३ पटक सङ्कटको अवस्था आएको छ । सुरुमा कोरोनाको डरले तरकारी बिक्री गर्न नपाउँदा खेतबारीमा फाल्नु परेको थियो । सलह आउँदा कपिलवस्तुका तरकारी खेतीमा आक्रमण गरेको थियो । यो पटक धेरै मेहनत गरी जोगाएको बाली पनि सखाप भएको छ । कृषक मर्कामा हुँदा राज्यका सरोकारवाला निकाय भने मौन बसेका छन् । मर्कामा परेका कृषकलाई स्थानीय सरकारले समेत सहयोग गरेको छैन ।
फोटो विबरण: कपिलवस्तुमा लगातार ४दिन अघि ४ दिन सम्म परेको वर्षाका कारण बुद्धभुमी र कपिलवस्तु नगरपालिकाका का बिभिन्न स्थानमा लगाएको तरकारी खेती पुरै सखाप भएको छ । ४१० हेक्टरमा तरकारी खेती गरिएको र करिब ५ सय कृषकले बन्दा, काउली, ब्रोकाउली, खुर्सानी, टमाटर,काँक्रा, मुला लगायतका तरकारी लगाएका थिए । अहिले उनको तरकारी  लगाएको स्थानमा खेलमैदान जस्तै बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया