करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ

१४ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


डिलाराम भुसाल,कपिलवस्तु- व्यक्तिगत रिसिईबीकै कारण अरुलाई फसाउनकै लागी जबरजस्ती करणी उद्योगको झुठ्ठा जाहेरी बदिलाईएको घटना कपिलबस्तुमा सार्वजनिक भएको छ । घटना सार्वजनिक भए पश्चात जबरजस्ती करणी उद्योगको झुठ्ठा जाहेरी दिन एक महिलालाई प्रयोग गरेका व्यक्तिलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर ५ बलुहवाकी २६ बर्षिय महिलालाई फकाई फुल्याई, प्रलोभन र डर देखाएर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ बस्ने दिपक पौडेल बिरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दिलाईएको बताएको छ ।

निज महिलाले आफुलाई अर्घाखाँची जिल्ला पाणीनी गाँउपालिका वडा नम्बर ७ घर भई हाल चन्द्रौटा बजारमा मेडिकल सञ्चालन गर्दै आएका महेश पाण्डे र अर्का एक व्यक्तिले पौडेल बिरुद्ध झुठ्ठा जाहेरी दिन लगाएको बताईन । पाण्डे र अर्का एक व्यक्तिले पौडेललाई फसाउन जाहेरी दिए पश्चात आफुलाई २ कठ्ठा जग्गा र १ लाख नगद दिने प्रलोभन दिएको ति महिलाले जाहेरीमै उल्लेख गरेकी छन । आफुलाई झुठ्ठा जाहेरी दिन प्रलोभन दिने दुबै बिरुद्ध ति महिलाले सार्वजनिक हित सुरक्षा नैतिकता (अभद्र व्यवहार) को मुद्दा दर्ता गराएकी छन । मुद्दा दर्ता भए लगत्तै प्रहरीले आरोपी महेश पाण्डेलाई चन्द्रौटाबाट नियन्त्रणमा लिएको छ । अर्का एक व्यक्ति फरार छन भने प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

यस अघि महिलाले आफु उपचारका लागी चन्द्रौटा गएर फर्कने क्रममा पौडेलले आफु माथी करणी उद्योग गरेको आशयको जाहेरी प्रहरीमा दिएकी बताएको छ । जाहेरी बुझे पश्चात प्रहरीले सो बिषयमा सोधपुछ गर्न थाले पछि अर्को दिन ति महिलाले आफुले निर्दोषलाई नफसउने भन्दै आफुलाई झुठ्ठा जाहेरी दिलाउन प्रयोग गरिएको खुलासा गरेकी छीन् । आफुले चिन्दै नचिनेको निर्दोष व्यक्तिलाई प्रभाव र दबाबमा परि फसाउन मनले नमाने पछि आफुले सो षडयन्त्र गर्नेहरुलाई कारवाही गराउन जाहेरी दिएको ति महिलाको भनाई छ । पौडेल सँगको व्यक्तिगत रिसिईबीकै कारण उनलाई फसाउनका लागी भन्दै पाण्डेले यस अघि अन्य महिलालाई समेत प्रयोग गरि सोही प्रकृतीको मुद्दा दर्ता गराउन लगाएको प्रहरी श्रोतको दाबी छ । झुठ्ठा बिवरण सहितको जाहेरी दर्ता हुदाँ निर्दोष व्यक्तिले अनुसन्धानकै प्रक्रियामा अनावश्यक दुखः पाउन सक्ने अवस्था आउने प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । व्यक्तिगत रिसिईबीकै कारण झुठ्ठा जाहेरी निवेदन दिन भुमिका खेल्नेहरुलाई प्रहरीले कारवाही गरि समाजमा यस्ता गलत प्रबृत्तिलाई निरुत्साहित गर्न कपिलबस्तु प्रहरी उपरिक्षक नवराज अधिकारीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया