चाटर्स डेमा विभिन्न कार्यक्रम

१४ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल । लायन्स क्वल अफ मणिमुकुन्द युथको ५ औ चार्टस डेको अवसरमा वुधवार विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।क्लवले शिद्धवावा क्षेत्रका वादरहरुलाई भोजन देखी वृद्धवृद्धाहरुलाई भोजन गराएर चाटर्स डे मनाएको हो । वन्दावन्दीका कारण खाना नपाएर हैरानी खेपिरहेका शिद्धवावा मन्दिर परिषरका १ सय ५० वादरहरुदाई फलफूल खुवाएको क्वलका अध्यक्ष यदुमणी पोख्रेलले जानकारी दिए ।

लकडाउनका कारण मठमन्दिर वन्द रहदा मन्दिरमा आश्रित वादरहरु भोकले हैरान भएका छन । उनिहरुलाई केही राहत होस भन्ने हेतुले भोजन गराईएको सचिव लेखनाथ वस्यालले बताए । त्यसैगरी क्लबले वुटवल जितगढीमा रहेको कुष्ठरोग प्रभावितहरुलाई भोजन गराएको छ । त्यहा रहेका ५ जना कुष्ठ रोग प्रभावितहरु भोजन गराईएको क्लबले जनाएको छ ।

ति कार्यक्रमहरुमा लायन्स क्लबका एरिया चिफ सन्दीप कसौधन, कार्यक्रम संयोजक थानेश्वर अर्याल, संस्थापक अध्यक्ष कमल थापा क्षेत्री पुर्व अध्यक्ष कृष्ण प्रसाद नेपाल पुर्व अध्यक्ष भूपेन्द्र बहादुर थापा , निवर्तमान अध्यक्ष लक्ष्मण कुंवर लगायत सक्रिय सहभागी भई क्लवले महत्वपुर्ण कार्य गरेको भन्दै प्रसंशा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया