जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न

प्रकाशित मिति:

जलिाल थापा- लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि२ एरिया ४ जोन ६३ को प्रथम जोन एडभाइजर कमिटी मिटिंग कञ्चन गाउपालिकामा सम्पन्न भएको छ ।लायन्स क्लव अफ कञ्चन हरैयाको आयेजनामा एरिया ४ अन्तर्गत जोन ६३ का ४ लायन्स क्लवहरु सम्मिलित बर्ष २०२००२१ को प्रथम बैठक बसेको हो ।

जोन ६३ को प्रथम जोन एडभाइजर कमिटी मिटिंगलाई सम्बोधन गर्दै लायन्स कलव अफ अन्तराष्ट्रिय ३२५ बि२ का जि.एम.टी. तथा डिप्युटी कोअर्डिनेटर दीपक श्रेष्ठले लायन्स क्लव बिशुद्ध गैर नाफामुलक आफ्नो कमाइको केही प्रतिशत रकम छुट्टाएर असाहय,बिपदमा परेका पिडित तथा दिन दुखीहरुको सेवा गर्ने बिशुद्ध सामाजिक संस्था भएको बताउनु भएको छ। सेवा गर्ने हातहरुलाई कुनैपनि अवरोधहरु र परिस्थितीले नछेक्ने बताउदै जि.एम.टी. तथा डिप्युटी कोअर्डिनेटर श्रेष्ठले जहाँ जहाँ दुख र बिपद पर्छ त्यहाँ लायन्सको उपस्थिती हुने बताउनु भएको छ।लायन्समा सेवाको भावना हुने भएकोले लायन्सको सदस्य भएर कुनै ब्यबसायिक फाइदा नहुने तर आफ्नो ब्यवसाय प्रबद्र्धनका लागि ब्यक्तिगत बिकास र ब्यबसायिक नेटवर्क बढने बताउनु भएका जि.एम.टी. तथा डिप्युटी कोअर्डिनेटर श्रेष्ठले लायन्समा सदस्यहरुको बृद्धि गर्दा समाजमा सामावि.जक सेवाको बिकास हुने उल्लेख गर्नु भएको छ।

यस्तै एरिया ४ का प्रेसिडेण्ट सन्दिप कसौधनले लायन्स सामाजिक संस्था मात्र नभएर साझा परिवार भएको उल्लेख गर्नु भएको छ।जव हामी एकले अर्कालाई सहयोग र सहकार्यको भावनाको बिकास गर्छौ तव ब्यक्तिमा निस्वार्थ सेवाभावको बिकास हुने बताउदै एरिया ४ का प्रेसिडेण्ट कसौधनले कुनै पनि मानिस शारिरीक रुपले नभई बिचारले युवा हुने र बैचारिक रुपमा बिकसित युवाहरुले मात्र हरेक परिस्थितीसंग जुधेर समाज सेवा गर्न सक्ने हिम्मत राख्ने बताउनु भएको छ। प्रेसिडेण्ट कसौधनले बर्षभरी बिधालय गएर जति पढे पनि वा पढाइमा मेहनत गरे पनि परिक्षमा सहभागी नभए मेहनत गर्नुुको कुनै अर्थ नरहे जस्तै आफ्नो क्लवले भ्याई नभ्याई सामाजिक गतिबिधीमा सहभागी भएर आफुले गरेको गतिबिधीको रिपोर्टिंग नगरे त्यसको कुनै अर्थ नरहने भएकोले आफुले गरेका हरेक सामाजिक कृयाकलापहरुको नियमित रिपोर्टिंग गर्नु पर्ने बताउनु भएको छ ।

रिजन ३२ का चियर प्रसन शिवलाल भट्टराइले पनि हरेक लायन्स क्लवहरुले आफुलाई शारिरीक रुपमा नभई समाजको सेवा गरेरै आफ्नो क्लवलाई स्मार्ट बनाउनु पर्ने बताउनु भएको छ ।लायन्स आफैमा समाज सेवा गरेरै  स्थापित गैर नाफा मुलक अन्तराष्ट्रिय संस्था भएकोले स्वास्थ्य,जनचेतना र ब्यक्तिको ब्यक्तित्व बिकासमा आफ्नो भुमिकालाई समाजमा स्थापित गर्दै आएको हुदा बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमका बावजुद पनि लायन्स सदस्यहरु कोरोनाका कारण बिपदमा परेकाहरुको सेवामा सदैव समर्पित भई कार्य गर्न सक्नु आफैमा लायन सदस्यहरुको सेवाभाव प्रतिको समपर्ण भएको रिजन ३२ का चियर प्रसन  भट्टराइले तबाउनु भएको छ।

लायन्स क्लव अफ कञ्चन हरैया,लायन्स क्लव अफ बुटवल बेलवास सिटी,लायन्स क्लव अफ सैनामैना मलमला र लायन्स क्लव अफ बुटवल बेलवास,सृजनशिलका अध्यक्ष,सचिव र कोषाध्यक्षहरु सहभागीता रहेको जोन ६३ को प्रथम जोन एडभाइजर कमिटी मिटिंगमा सहभागी कलवका अध्यक्षहरुद्धारा आआफ्नो क्लवको नियमित प्रती प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै सो बैठकमा अध्यक्षहरुद्धारा प्रस्तुत गरिएको प्रतिबेदनहरु माथी छलफल र समिक्षा गरिएको थियो ।जोन ६३ का अध्यक्ष ओमकार आचार्यको अध्यक्षता, कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा लायन्स क्लव अफ कञ्चन हरैयाका आई पि पि दुर्गासिंह क्षेत्रीको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन लायन्स क्लव अफ कञ्चन हरैयाका सचिव णेश आचार्यले संचालन गर्नु भएको थियो ।