पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने

१५ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
नवलपरासी,१४ असाेज। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र बसोबास गर्ने नागरिकलाई रगत र आँखा अप्रेसन निशुल्क सेवा प्रावधान ल्याएको छ ।

सरावल गाउपालिका भित्रका आँखाका समस्या हुने ब्यक्तिलाई निशुल्क अप्रेसनको तथा निशुल्क रगतको ब्यवस्था गरेर सरावल गाउँपालिकाले अर्को समाजिक अभियान शुरु गरेको छ । साे अभियान २०७६ देखि सुरु गरि पुनह २०७७ मा निरन्तर्ता दिइएकाे सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनु भयो ।

जसअन्तर्गत गत २०७६ मा आँखा अप्रेसन ७६ जना र ८५ जना रगतबाट लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभयो । विगतका बर्षहरुमा विभिन्न आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गर्दै आएको सरावल गाउपालिकाले गाउपालिका भित्रका सबै आँखा सम्बन्धि समस्या हुने नागरिकलाई निशुल्क आँखा अप्रेसन गराउने र रगत आवश्यक पर्नेलाई निशुल्क रगतको ब्यवस्थापन गाउपालिकाले गर्ने निर्णय गरेको गाउपालिकाले जनाएको छ ।

आवश्यक परेको बेला सहयोग नपाउने र आँखा अप्रेसन गराउनका लागि शिविर कुर्नु पर्ने समस्या थियो । त्यही समस्यालाई मध्य नजर गर्दै गाउपालिकाले सरावल गाउपालिका भित्रका नागरिकलाई जो जति बेला आए पनि निशुल्क सेवा पाओस भनेर यस्तो कार्यक्रम ल्याइएको गाउपालिका अध्यक्ष चौधरीले बताउनु भयो ।

आँखाको अप्रेसन गर्न परेमा सदरमुकाम परासी स्थित डा.विनोद निता कण्डेल आँखा अस्पतालसंग र रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाईटी नवलपरासीको ब्लड बंैकसंग सम्झौता गरेका छौ, उनले भने, गाउपालिकाको सिफारिस सहित गएमा रगत निशुल्क पाउने र आँखाको अप्रेसन पनि जति खेर पनि निशुल्क पाउने छन् ।

त्यसको भुक्तानी गाउपालिकामा ति संस्थाले माग गरे पछि गाउपालिकाले भुक्तानी दिइने छ । पहिला शिविर सञ्चालन गर्दा सरावल गाउपालिका बाहिरका पनि ब्यक्ति आउने हुदा आफ्नै नागरिक छुट्ने र बाहिरका थपिदा आर्थिक भार पर्ने अवस्था थियो । तर यस्तो ब्यवस्थान गरेमा गाउपालिका भित्रका नागरिकले आफ्नो अनुकुल जतिखेर पनि सेवा पाउने भएका छन्, उनले थपे, जेष्टनागरिक लगायत लक्षित बर्गका लागि अन्य सेवा यथावत नै छ । यो सेवा सबै गाउपालिकाबासीका लागि हो ।

यसले नागरिकलाई स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउनेमा गाउपालिकाले विश्वास लिएको छ । अगामी दिनमा समाज कल्याणका अन्य कार्यक्रमहरु थपिदै जाने उनले बताए । यो निशुल्क रगत र आँखाका अप्रेसन सेवालाई शिविर र समय कुर्नु पर्ने अवस्था अब रहेन्, जति खेर समस्या आयो,वार्डको सिफारिस लिएर गाउपालिकामा आउने र गाउपालिकाले अप्रेसन गर्न परेमा आँखा अस्पताल र रगत चाहिएमा रेडक्रसमा निशुल्क प्रदान गर्नका लागि सिफारिस गरिदिन्छ । ति संस्थाले सिफारिसका आधारमा कुनै पनि शुल्क नलिई सेवा प्रदान गर्ने छन् । यसका लागि चालु आर्थिक बर्षको योजना कार्यक्रममा बजेट बिनियोजन गरि सकिएको छ, अध्यक्ष चौधरीले भन्नु भयो, कम भएमा आउने गाउसभाबाट पुनः रकम थप गर्नेछौ र यसलाई निरन्तरता दिदै लैजाने छौ ।यस्को दुरुपयोग हुनबाट जोगाउनका लागि गाउपालिकाले छुट्टै संयन्त्र पनि बनाउने सोचमा रहेको अध्यक्ष चौधरीले जनाकारी दिनु भयो ।

गाउपालिकाको यस्तो अभियानले गाउपालिका र गाउकार्यपालिकाका पदाधिकारीहरुको प्रशंसा हुन थालेको छ । यो अति नै प्रशंसनिय कार्य भएको सरावल गाउपालिका ४ कै बासिन्दा समेत रहेका नेपाली काङ्ग्रेस सरावल गा.पा समन्वय समिति संयाेजक बिनाेद पाण्डेले बताउनु भयो । यो अन्य गाउपालिकाले सिको गरि लागु गर्नु पर्ने कार्यक्रम हो, उहाले भन्नु भयो, संविधानले नागरिकका स्वास्थ्य सम्बन्धि मौलिक हकको प्रत्याभुत गराउने गरि स्थानिय सरकारले जिम्मेवारी बोध गरि यस्तो कार्यक्रम अन्यका लागि अनुकरणिय छ । नागरिक प्रति राज्यको कर्तब्य पालनाको उचित उदाहरण पनि भएको उहाको भनाइ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया