जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गर्यो।

१५ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


न्युयोर्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बुधवार सेप्टेम्बर ३०, २०२०, का दिन दुई चरणमा निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। पहिलो चरण को वितरण बिहानको ११:३० बजे निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। यसै क्रममा आजको पहिलो चरणको खाधन्न वितरण कार्यमा क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि ले ५० बक्स ग्रोसरि ड्राय फुड सहयोग गर्नु भएको थियो भने उक्त खाधन्न क्विन्स बोरो प्रेसिडेन्ट कै कार्यलय वाट केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य राम चन्द्र अधिकारीको संयोजक्त्वमा नुप्री एसोसियेसन अमेरिकालाई २० बक्स ग्रोसरी र गुरुङ (तमु) समाज न्युयोर्क लाई २० बक्स ग्रोसरि यसै फाउण्डेशनले हस्तान्तरण गर्यो भने १० बक्स ग्रोसरि फाउण्डेशनले केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य राम चन्द्र अधिकारी मार्फत वितरण गर्यो।

दोस्रो चरणको निशुल्क खाधन्न वितरण आजै दिउँसो को ३ बजे सम्पन्न भयो। यस दोस्रो चरणमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी ५७६ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत ८०बक्स, ने.काँ. युवा नेता अनिल पाण्डे मार्फत १८० बक्स, ने.का. युवा नेता भोज राज ठोक्कर मार्फत ५ बक्स,पल्जु शेर्पा मार्फत १० बक्स, लाएन्स क्लव क्वीन्स बुद्वका उपाध्यक्ष बुद्व पौडेल मार्फत १० बक्स, तिब्बतीयन कम्युनिटि एन वाइ-एन जे की तेन्जिन टिस्याङ मार्फत ९० बक्स, द गुरुङ (तमु) समाज अमेरिका- न्युयोर्कका उपाध्यक्ष सिद्वार्थ गुरुङ मार्फत ४४ बक्स, एभरेस्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पा मार्फत ५ बक्स, नुप्री एसोसियेसन अमेरिकाका अध्यक्ष पेम्वा जिम्बा मार्फत ५० बक्स र व्यक्तिगत लाईनमा वितरण १०२ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य राम चन्द्र अधिकारी र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने स्वयंसेवीहरु ने.का. युवा नेता क्रमशः पंकज सुब्बा, अनिल राज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, प्रधुम्न रायमाझि, कुमार खडका, नारायण भट्टराई, राजु घर्ती, माधव जोसी, बुद्वी पौडेल, ने.का नेत्री कमला पन्त न्युयोर्क, यसै फाउण्डेशनकी महिला सदस्य मुना भण्डारी के.सि. लगायत खटिएका थिए । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग