टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न

प्रकाशित मिति:

बर्दघाट  असोज ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० संसारकोट हरियाली सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । टिम नेपो नवलपरासी र श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा मंगलबार संसारकोट हरियाली वन क्षेत्रको वरिपरि बृक्षारोपण गरिएको हो । टिम नेपो नवलपरासीका जिल्ला प्रतिनिधि प्रमिला पौडेलको अध्यक्षता तथा श्री संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष कमल पराजुलीको प्रमुख आतिथ्यता एवम् टिम नेपो नवलपरासीका पदाधिकारीहरुको उपस्थितिमा बृक्षारोपण गरिएको टिम नेपो नवलपरासी जिल्ला सदस्य प्रदिप अर्यालले जानकारी दिनुभयो । सो अवसरमा सिसौ, कदम र इपिलिपि लगायतका १ सय बिरुवाहरु रोपण गरिएको उहाले बताउनुभयो । उक्त कार्यक्रमको संचालन राज अधिकारीले गर्नुभएको थियो ।

थप समाचार