अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता काफ्ले

१५ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


वालिङ- वालिङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष एबं नगर प्रबक्ता केदार काफ्लेले कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई आफ्नै ठाँउमा नयाँ काम गर्न सुझाव दिनु भएको छ । उहाँले भन्नुभयो,तपाईहरु नयाँ कामको सोच बनाउनुहोस् नगरपालिका, युएनडिपी लगायतले तपाईलाई सहयोग गर्नेछ ।

कार्यक्रममा बोल्दै प्रवक्ता काफ्लेले काम गर्ने ईच्छाशक्ति हुनु पर्नेमा जोड दिनुभयो । उहाँले थप्नु भयो यो काम गर्छु भन्ने सोच तपाईहरुले बनाउनु पर्दछ । अव व्यवशायीक रुपमा काम गर्ने गरी सोच बनाउनु पर्दछ उहाँले भन्नुभयो, हामी तपाईहरुको साथमा छौं ।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना कोरोनाबाट बेरोजगार बनेका तथा समस्यामा परेका व्यक्तिहरुसँगको छलफल तथा सामाग्री सहयोगको तयारी कार्यक्रममा बोल्ने अधिकांश प्रभावितहरुले आफूहरु के गर्ने कसरी गर्ने भन्नेमा दोधार रहेको बताए ।  कार्यक्रममा वडा नम्वर १ का सचिव बुद्धिसागर पंगेनी,परियोजना प्रमुख राधाकृष्ण डुम्रे,प्राबिधिक स्वयंसेवक सीता काफ्ले रेग्मी तथा सहभागी युवाहरुले बोलेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग