रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण

१५ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


रूपन्देही- रूपन्देहीको सियारी गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण सुरू गरिएको छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गाउँपालिकाको आयोजनामा प्रशिक्षण तालिम सुरू गरिएको हो ।

समाजमा शान्ति सुराक्षा, सुब्यबस्था, अमन चयन, भाईचारा कायम गर्न मेलमिलाप सम्बन्धि तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने प्रदेश ५ का संसद तुल्सी प्रसाद चौधरीले कार्यक्रम उद्घाटन गर्दै बताउनु भयो । समाजमा हुने विवादलाई मेलमिलापका माध्यमबाट मिलाउन सके अदालत धाउनुपर्ने समस्याको समाधान हुने र खर्च कम हुने उहाँको भनाई छ । गाउँपालिकामा अहिले विवाद समाधानका लागि पक्ष विपक्षलाई राखेर जितजितको सिद्धान्तमा मेलमिलाप भैरहेको गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताउनु भयो ।

संविधानमा व्यवस्था भए अनुसार स्थानीय तहहरु नगरपालिका तथा गाउँपालिकामा उपाध्यक्षलाई न्याय सम्पादनको अधिकार भए अनुसार न्यायीक समिति मार्फत काम भैरहेको सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरूङले बताउनु भयो । गाउँपालिकामा कार्यविधि निर्माण पश्चात गाउँपालिका तथा वडा कार्यलयहरुमा मेलमिलाको कार्य भैरहेको उहाँले जानकारी दिनुभयो ।उहाँले भन्नू भयो मुद्धाहरुलाई न्यायिक समिति मार्फत गाउँपालिकामा पक्ष विपक्षहरुलाई मेलमिलाप गराउनु सहजकर्ताहरुको महत्वपूर्ण भुमिका हुन्छ ।

तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सिप, मेलमिलापको प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध तथा पाटो लगाएतका विषयमा सहजीकरण गरिने प्रशिक्षक सुर्य अधिकारीले बताउनु भयो ।तालिम कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र ९सेलर्ड० को प्राविधिक सहयोग, निवार्णा लिगल एडभाइजर्स फोरमको समन्वय र सियारी गाउँपालिकाको आयोजनामा सुरू भएको छ । तालिम असोज २१ गते सम्म संचालन हुने छ । तालिममा ४० जनाको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग