नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल

१५ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट । नेपाल विद्यार्थी संघले रुपन्देहीको तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल गरेको छ । साथै नेविसंघले नगरपालीका परिसर भित्र टायर बाली नारा जुलुस समेत गरेको हो । कोभिड १९ को महामारीका कारण बन्द रहेका निजी तथा सामुदायिक शैक्षिक संस्थाले विद्यार्थीसंग अनलाईन पढाएको भनी रकम असुली गरेकोप्रति विरोध जनाउंदै नेविसंघले विद्यार्थीसंग असुली गरेको रकम फिर्ता गर्न माग गरेको छ । त्यस्तै, शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आधारभुत पारिश्रमिक दिन पनि माग गरेको नेवीसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेलले बताए । ‘साथै स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग विद्यार्थीको भविष्यसंग सरोकार रहेको विषयमा गम्भिर हुन ध्यानाकर्षण गराएको छ, उनले भने, माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न पनि नेविसंघ तयार छ ।’

यसअघि, नेविसंघले तिलोत्तमा नगरपालीकामा शान्तिपुर्ण रुपमा ज्ञापनपत्र बुझाई नगरपालीकाको शिक्षा शाखा शिल गर्ने क्रममा नगर प्रहरीले हातपात गरेपछि नगरपालीकाको परिसरमा टायर जलाउनुका साथै नारा जुलुस गरेको. नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेता सन्दिप पाण्डेले बताए । अन्य नगरमा कम शुल्क भएपनि तिलोत्तमाले असार देखिनै लागू हुनेगरी ७५ प्रतिशत कायम गरेको र सो को विरोध गर्दा प्रहरी परिचालन गरी हामीलाई रोक्यो, उनले भने, जनपथ, नगर र शसस्त्र प्रहरी खटाएर प्रशासनले बल प्रयोग गरेको थियो । नगरपालिकाले भने पूर्व सूचना तथा जानकारी बिना एक्कासी ताला लगाउन आएको हुंदा रोकिएको बताएको छ । नेपाल विद्यार्थी संघले जुलुसपछि बसेको वार्तामा निश्कर्ष ननिस्किएपछि नेविसंघले तालाबन्दी नखोल्ने चेतावनी दिएको पाण्डेले बताए । नगरप्रमुख वासुदेव घिमिरेले शिक्षा समितीबाट गरिएको निर्णयमा कार्यपालीकाको बैठक बसी पुन ः अध्ययन गरी निर्णय सार्वजनिक गर्ने बताएको उनले जनाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया