बुटवलको कोरोना अस्पतालमा एक पुरुषको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ११ गते कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहिबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनलाई २ दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।