प्रहरीद्धारा दुई जर्सी गाई सहित १ लाख ७१ हजार मुल्य बराबरको तस्करीका मालसमान बरामद

प्रकाशित मिति:

प्रकाश न्यौपाने । नवलपरासी, १६ असोज । स्थानिय व्यपारीले भारतबाट अवैध रुपमा नेपाल भित्राई रहेको ८० हजार मुल्य बराबरको २ वटा जर्सी गाई प्रहरीले सरावल गाउँपालिका ४ ललितपुरबाट बरामद गरेको जनाएको छ । जिल्लाको विभिन्न स्थानबाट प्रहरीले १ लाख ७१ हजार मुल्य बराबरको तस्करीका मालसमान बरामद गरेको छ ।

त्यसैगरि नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको १३ हजार ५ सय मुल्य बराबरको ७ बोरामा २ सय २५ के।जी। हरियो मटर केराउ जिल्लाको सरावल गाँउपालिका वडा नं। ७ बर्गदवाबाट प्रहरी टोलीले बरामद गरेको छ । त्यस्तै पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ७८ हजार बराबरको २५ बोरामा ९सय ७५ के।जी। हरियो मटर बरामद गरिएको नवलपरासीका प्रहरी नयाव उपरीक्षक राजु लामाले  जनाकारी दिनु भयो  । बरामद मटर मानिसले साईकल तथा मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि बोरा फालेर फरार भएका थिए । बरामद ति मालसमानहरु आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।