प्रदेस राजधानी सार्ने निर्णयको विरुद्ध मसाल जुलुस

१६ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


मधुसूदन नेपाल,बुटवल- रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव संसदमा पेश भए संगै यस क्षेत्रका विभिन्न संघसंस्थाहरुले आन्दोलन साथै आपत्ती जनाएका छन् । यसैबीच रुपन्देही क्षेत्र नम्बर ५ अन्तरगत हरैयामा पहिलो मसाल जुलुस निकालेका थिए ।

त्यस क्षेत्रका प्रदेश सभाका प्रत्यासी बिष्णु पोख्रेलका अनुसार सयौं युवाको संख्यामा परदेश राजधानीको निर्णयविरुद्ध जुलुसमा उत्रेका थिए। वर्तमान नेकपाको सरकारले जनभावना बिपरित राजधानी सार्ने प्रस्ताव गरेकाले,त्यसको विरुद्धमा आन्दोलन गर्ने जनाएका छन । नेपाली काङ्ग्रेसले प्रदेशको स्थायी राजधानी रुपन्देही हुनु पर्ने माग गरेका छन । यद्यपि राजधानी सार्ने गतिविधि अगाडि बढेमा यो भन्दा कडा चरणबुद्ध आन्दोलनका कार्यक्रमहरु गर्ने भन्दै सरकारलाई निर्णय सचाउन चेतावनी दिएका छन ।

कार्यक्रममा बोल्दै सोहि क्षेत्रका प्रदेश सभाका क्षेत्रीय समितिका सभापति रामबहादुर थापा ,कन्चन गाउँपालिकाको निर्वाचित वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री लगाएतले सम्बोधन गर्दै सोही क्षेत्रकाे रुद्रपुर , कलौली र लुम्बिनी लगायतका क्षेत्रमा पनि विरुद्ध जुलुस र प्रदर्सनहरु सम्पन्न भएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया