प्रदेशको राजधानी दाङ राख्ने प्रस्तावको पश्चिम नवलपरासीमा बिरोध 

१७ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
असोज १७ गते
नवलपरासी । प्रदेश नम्बर पाँचको   राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको पश्चिम नवलपरासीमा विरोध प्रदर्शन भएको छ। संयुक्त राजनीतिक समुहका नेताहरुकि नेतृत्वमा  भएको बिरोध कार्यक्रममा नवलपरासीको परासीमा रहेको  बुद्ध चोकमा टायर बाल्दै नारा  लगाएर  विरोध प्रदर्शन गरेका हुन्।
हाल कायम रहेको ठाउ बुटवल नै प्रदेशको  राजधानीको रुपमा उपर्युक्त भएको भन्दै प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , नेपाली काङ्ग्रेस जिल्ला सचिव गजान्द पटेल, काङ्ग्रेस नेता अनिल गौड, जसपा जिल्ला संयोजक मुकुरजि गिरी ,धिरेन्द्र यादव लगाएतले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।
प्रदेशसभा सदस्य बैजनाथ जैसवालले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने बताउदै नभए सबै जना आन्दोलनको कडा कदम चाल्ने बताएका छन । प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद सुनिएको छैन ।
प्रदेश नम्बर ५ को प्रदेश  सरकारले शुक्रबार दिउँसोको प्रदेशसभा बैठकमा राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया