शान्तिसुरक्षामा तुलसीपुर शशस्त्र बेसक्याम , आपराधिक घटना छिप्न छिपाउनै मुस्कील

प्रकाशित मिति:

शरद रेग्मी, दाङ, अशोज १८ । इलाका प्रहरी कार्यालय तुलसीपुरको स्तरोन्नती भएसंगै जनस्तरबाट स्रोत खोजेर लाखौको सम्रचना सहित स्थापना भएको तुलसीपुरको शसस्त्र प्रहरी वेसक्याम्पको स्थापना भएसंगै तुलसीपुरमा शान्तिसुरक्षाको थप अनुभुति भएको छ । आपराधिक क्रियाकलाप, लागुऔषध दुव्र्यसनी एवं नदिजन्य तथा वनजन्य उपजहरुको अबैध चोरी निकाशिका कुनैपनि घटना छिप्न र छिपाउने प्रयास समेत मुस्कीलको अवस्थामा छन् ।

शशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प पछिल्ला दिन हरुमा पश्चिम दाङको शान्ति सुरक्षा कायम गर्न लागि परेको छ । रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको जस्पुरमा हत्या भएपछि स्थानिय तुलसीपुर उधोग बाणिज्य सघं र यस क्षेत्रका आम नागरिकहरुको चाहना अनुसार प्रहरि निरिक्षकको कमाण्डमा बिशेष गरि पश्चिम दांगको शान्ति सुरक्षा,अबैध चोरि निकासि र तस्कर लाई नियन्त्रण गर्ने उदेश्यले २०६७ सालमा स्थापना भएको थियो ।यता बेश क्यामको प्रमुखको रुपमा प्रहरि निरिक्षक टेकराज पोख्रेल सरुवा भएर आएको पछिल्लो तिन महिनामा यी छिप्ने छिपाउने खालका कुनैपनि गतिविधि हुन पाएका छैनन् । राजनितिक दलका नेताहरुको दवावमा कुनै घटनालाइ छिपाउन चाहंदैनन् टेकराज । ‘हामी कसैको दवाव र प्रभावमा रहने अवस्था रहंदैन, राज्यले दिएको शान्तिसुरक्षाको अधिकारकालागी हामी आफ्नो कर्तव्यपथमा सधै सिर उठाएर अघि बढिरहने छौं’—टेकराज भन्छन् । उत्कृष्ट कार्य सम्पादन गरेर संगठनको नाम अझ माथि उठाउने कार्यमा संगठन सधैव लागिरहने उनको अभिव्यक्ति थियो ।

तिन महिनामा अबैध गिट्टि बालुवा चोरि निकासि गर्दै गर्दा स्थानिय बिभिन्न खोलाहरुबाट करिब ९ वटा ट्रयाक्टरहरु नियन्त्रणमा लिएर २ लाख २५ हजार राजश्व तुलसीपुर उपमहानगरपालिकामा जम्मा गरेको छ । त्यस्तै लकडाउन कार्यान्वयन गराउन समेत ईलाका प्रहरि कार्यालय सगंको सहकार्या महत्वपुर्ण भुमिका खेलेको शसस्त्र प्रहरीले प्रदेशको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न पनि महत्वपुर्ण भुमिका खेलेको स्थानियहरुले महसुस गरेका छन ।पछिल्लो समयमा तुलसीपुर शशस्त्र प्रहरी वेसक्याम्पको प्रहरी प्रमुखको भुमिकामा सरुवा भएर आए लगत्तै धेरै सकारात्मक र प्रशसा योग्य कामहरु भएको तुलसीपुरबासीले पनि महसुस गरेका छन् । व्यवसायीक सुरक्षादेखि अबैध काठ तस्करी र वनजन्य एवं नदिजन्य पदार्थको उत्खनन् र ओसारपसारमा पनि शशस्त्र प्रहरीको निगरानी प्रसंसा योग्य रहेको तुलसीपुरबासीको अनुभुति रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले प्रतिकृया दिनुभयो ।

हामिले उपमहानगरपालिकाबाट थोरै बजेटको ब्यबस्था मिलाएर कार्यालमा पानी ट्यांकिको व्यवस्थापन संगै गेट निर्माण गरेका छौ, अब छिट्टै थप बजेट बिनियोजन गरेर आबश्यकताको आधारमा निर्माणको काम अगाडि बढाउने सोच बनाएका छौं’—तुलसीपुर उपमहानगरपालिका प्रमुख पाण्डेले भने । बेश क्याम्पमा आयोजीत बृक्षारोपण र कार्यालय निरिक्षणको क्रममा मेयर पाण्डेले तुलसीपुर शशस्त्र प्रहरी वेसक्याम्पलाइ अझै स्तरोन्नती गर्दै सुविधासम्पन्न गर्न उपमहानगरपालिका लागीरहने पनि बताए ।स्रोत साधनको अभाबका बिच दिनहु शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मिहरुको सहयोगका लागि तुलसीपुर उधोग बाणिज्य सघं लागि परेको सघंका अध्यक्ष बिरबहादुर रावतले बताउनुभयो । ‘बिभिन्न समयमा हामिले जति सक्यो सहयोग गर्दै आएका छौ आगामी दिनमा पनि हामि सगं सगै छौ अध्यक्ष रावतले भन्नुभयो । स्थानिय प्रहरि निरिक्षक पोख्रेल सरुवा भएर आए लगत्तै दैनिक कामकाजमा समेत सहज भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले बताउनुभयो । वडा कार्यालयका बिकट क्षेत्रहरुमा शसस्त्र प्रहरि परिचालन भए लगत्तै यस क्षेत्रको शान्ति सुरक्षामा समेत सुधार आएको समेत अध्यक्ष ढकालले बताउनुभयो ।