दलित साझा मञ्च कालीगण्डकी स्याङ्जाको तर्फबाट विष्णु दमै को परिवारलाई आर्थिक सहयोग

१७ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा : १७ असोज २०७७ । गत असोज ८ गते कालीगण्डकी गा।पा। ४, बिर्घा गौतम टोलमा अविरल वर्षाले गराएको प्राकृतिक विपत्तिवाट ज्यान गुमाएका वर्ष १६ का विष्णु दमै को परिवारलाई दलित साझा मञ्च कालीगण्डकी स्याङ्जाले रु ८४००, चौरासी सय रुपैयाँ आर्थिक सहयोग गरेको छ।

आज मञ्चका अध्यक्ष दिपक प्रकाश घिलेले सो रकम हस्तान्तरण गर्नुभएको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको मञ्चका अध्यक्ष दिपक प्रकाश घिलेले बताउनुभयो ।अध्यक्ष घिलेले आर्थिक संकलनमा योगदान दिनुहुने संपूर्ण सहयोगी मनहरू प्रति दलित साझा मञ्च कालीगण्डकीको तर्फबाट हार्दिक आभार तथा नमन व्यक्त गर्नुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया