गाउँपालिका अध्यक्ष चौधरीद्वारा सडक अनुगमनमा ,काममा तीव्रता

प्रकाशित मिति:

रन्जित शर्मा । नवलपरासी ,१६ असोज ,नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी सहितको टोलिले सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्। सरावल गाउँपालिकाका खाल्डाखुल्डी पुर्ने , ढल निकास गर्ने र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे बुझ्न अध्यक्ष चौधरी सहितको टोलिलेले अनुगमन गरेका हुन्।

सरावल गाउँपालिकाको गौरवको आयोजना बासा मनरी गोबरहिया भुजहवा सडक कालोपत्रे योजना अन्तर्गत गोबरहिया भुजहबा सडकको कालोपत्रे तथा ढल निकास कार्य धमाधम चलिरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभएको छ ।अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष चौधरीले अनुगमन गरि गुणस्तरिय कार्य गर्न निर्देशन दिनुभएको हो। साथै ढल निकासको दिगो ब्यबस्थापनको लागि स्थानिय बुद्धिजीवी तथा समाजसेवीसंग अन्तरक्रिया गरी स्थलगत निरिक्षण गरि गलत काम भएको खण्डमा जनताले सो कामको गतिविधि गाउँपालिका समक्ष पुयाउन आग्रह गर्नुभएको हो ।

बासा मनरी खण्डमा देबिनगर पट्खौली कालोपत्रे कार्य र हुलासी सरावल खण्डमा ढल निकास सहित बेस सम्मको कार्य समेत सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेलले जानकारी दिनुभएको छ। अधिकृत पौडेलले ठेकेदारले कालोपत्रे गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर परीक्षण गरिने बताउँदै , कमसल सामग्री प्रयोग गरेको पाइए कारबाही गरिने चेतावनी समेत दिए।