प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव पास गर्ने नेकपाको निर्णय

१७ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल, असोज १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी  नेकपा प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी दाङको भालुवाङलाई बनाउने पक्षमा मतदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

यसअघि सरकारले प्रदेश ५ को स्थायी राजधानी भालुवाङ र नाम लुम्बिनी प्रदेश बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो।बैठकले प्रदेश राजधानी र नाम संसदबाट पास गर्न नेकपाका सांसदलाई पक्षमा मतदान गर्न निर्देशन दिएको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।उनले प्रस्ताव दुई तिहाइ बहुमतबाटै पास हुने बताए। तर, बैठकमा रुपन्देहीका सांसदहरुले भने आपत्ति जनाएका थिए। उनीहरुले प्रदेश राजधानी बुटवल नै उपयुक्त भएकाले यसलाई नै निरन्तरता दिनु पर्ने बताएका थिए। प्रदेशसभामा शुक्रबार पेश भएको प्रस्तावमाथि सोमबार बस्ने बैठकमा छलफल हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया