नियमित रक्तदानमा ६२ युनिट रगत संकलन

१७ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल  १७ असोज – नेपालनियमित रक्तदाता संघ रुपन्देही र बुटवल लेडी जेसीजको सम्युक्तआयोजनामाशनिवार बुटवलमा रक्तदान गरिएको छ ।  संघले हरेक महिनाको तेस्रो शनिवारलाई नियमित रक्तदानको कार्य तालिकाबनाएअनुसार नै शनिवार रक्तदान गरिएको हो ।
शनिवारको रक्तदानकार्यक्रममा ६२ जनाले रक्रदान गरेको कार्यक्रम संयोजक रोशनअर्यालले बताउनु भयो । संघले नियमितबाहेक आवश्यक परेको समयमा र रगतअभावभएको वेलामाजतीवेलापनि रक्तदान गर्ने गरेको सघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।

कोरोना भाईरस संक्रमितलाई चाहिने प्लाज्माको पनि संघले व्यवस्थापनगदै आएको संघका अध्यक्षदयाबहादुर सिलवालले बताउनु भयो ।
रक्रदानकार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठले सामाजिककाममा संघले पुराएको योगदानको उच्च सम्मानगदै यस्ता मानवियकार्य गर्ने संघ संस्थाहरुलाईआर्थिक अभावहुननदिन स्थानियतहले ध्यानदिन जरुरी रहेको औल्याउनु भयो ।

कार्यक्रममाबुटवल लेडी जेसीजकीअध्यक्षकल्पना पाण्डे,सदस्यउषाखत्री संघका सल्लाहकार सुरेन्द्र शाक्य कोषाध्यक्षदीपकअधिकारी लगायतले रगतको महत्वको वारेमाजानकारी गराउनु भएको थियो ।कार्यक्रममाउर्जा ईन्टरप्राईजेज प्रालीले प्रायोजन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया