शितगंगा सेवा समाज द्धारा पहिरो पिडित लाई आर्थिक सहयोग

१७ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


शितगंगा नगरपालिका वडा नम्बर १२ का पहिरो पिडितहरुका लागि राहत सहयोग गर्नेहरु बढ्दै गएका छन । गत ९ गते जोख्लेगैरा मैदान गाँउ भासिएर २६ घर पुर्ण रुपमा क्षति भएका छन भने अन्य करिव ३५ घर परिवार बिस्तापित भए पछि यति बेला बिभिन्न संघ सस्थाहरुले राहत लिएर आउन थालेका छन ।

बर्षका कारण वडा नम्बर १२ र ११ मा ठुलो क्षति पुराएको छ । गाँउ भासिदै गएको छ । वडा नम्बर १२ का पिडितहरुलाई आज शितगंगा सेवा समाजले ४५ हजार नगद सहयोग गरेको छ सस्थाकोतर्फबाट ४० हजार तथा सस्थाका आर्थिक सल्लाहकार अर्जुन भुसालबाट प्रदान भएको रु ५००० संस्थाका सचिव शितगंगा संयोजक झनक केसी,घनश्याम पराजुली लगायतको समुहले पिडितहरुको घर निमार्णको लागि सहयोग होस भन्दै वडा अध्यक्षलाई उत्त रकम हस्तान्त्ररण गरेका हुन । साथै शितगंगा सेवा समाजले आगामी दिनुमा समेत सहयोगी हात अगाडी बढाउने सचिव आर्चायले बताउनु भयो पहिरोमा परे पछि सस्थाका सदस्यहरु उद्धार मा समेत निरन्तर खटिरहेकोले पिडितहरुको साथमा शितगंगा सेवा समाज सधै तयार रहेको शितगंगा संयोजक झनक केसीले बताउनु भयो । शितगंगा सेवा समाजले बिगतमा समेत यस क्षेत्रको शिक्षा सुधारका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । शितगंगा नगरपालिकाका हरेक माबिहरुमा कम्प्युटर शिक्षा लागु गर्न भन्दै कम्प्युटर हस्तान्त्ररण बिभिन्न खेलकुद कार्यक्रम,सास्कृतिक कार्यक्रम तथा बिभिन्न अप्ठेरोमा परेकाहरुलार्य निरन्तर सहयोग गर्दै आएको शितगंगा सेवा समाज शितगंगा नगरपालिकाका सबै स्थानका युवाहरुको साझा संगठन समेत हो ।

 

यस्तै आजनै काठमाडौमा बसोबास गर्ने अर्घाखाँचीका अभियान्ताहरुले समेत नगद सहयोग गरेका छन शितगंगाका स्थानिय बासिन्दा समेत रहुभएका शालिकराम अधिकारी सामाजिक सञ्जालमै अभियान सञ्चालन गरि यस अघि समेत पिडितहरुलाई लत्ताकपडा सहयोग गर्नु भएको थियो भने अहिले पुन सामाजिक अभियान्ता शालिकराम अधिकारी, सचिन पाण्डे,र शिबदेब पाण्डेको पहलमा सहयोग संकलन गरि आज नगद हस्तान्त्ररण गर्नु भएको हो ।आज नगर प्रमुख तथा उपप्रमुख ,वडा अध्यक्षलाई अभियान्ता अधिकारी तथा पाण्डेले वडा नम्बर १२ मा ६५ हजार ५ सय को चेक हस्तान्त्ररण गर्नु भयो भने बाँकी रकम वडा नम्बर ११ मा सहयोग गर्ने अभियान्ता अधिकारीले जानकारी दिनु भयो आज दुबै वडामा गरि १ लाख १ हजार ३६५ नगद सहयोग गरेका अभियान्ता सचिन पाण्डेले जानकारी दिनु भयो । यस्तै अभियान्ता शालिकराम अधिकारीले आगामी दिनमा समेत बिभिन्न स्थरबाट पहल गरि पिडितहरुको सहयोगमा तत्पर रहने बताउनु भयो । शितगंगाबासी समेत भएकोले आफु यो पिडाले र्ममाहित भएकोले पनि सबैको स्थायी बसोबास नहुँदा सम्म सहयोग गर्न तयार रहेको बताउनु भयो । यस्तै आजनै शितगंगा नगरपालिका ४ निबासी बिष्णु बेल्बासे र पाणेनी निबासी अर्जुन घिमिरेले समेत बिदेशबाट अप्ठेरोमा परेकाहरुलाई राहत होस तथा अन्य सबैले समेत सानो सहयोग गरेमा ठुलो राहत हुनै भन्दै रु ५ हजार पठाएकोमा उहाँका परिवार सदस्य पार्वता बेल्बासेले पिडितहरुलाई उत्त रकम हस्तान्त्ररण गर्नु भएको छ ।

 

यस्तै जेसिआइ शिद्धाथ लेडी समुहले तथा लायन्स क्लव अफ सिद्धार्थ नगर लोटसले समेत पहिरो पिडितहरुलाई राहत बितरण गरेको छ । आज शितगंगा नगरपालिका १द्द मा पेसिगिता गैरे बन्जाडे र जेसितुलसा भुसालले वडा अध्यक्ष बाबुराम गैरेलाई नगद ३० हजार र अन्ग खाद्ययान्न समाग्री हस्तान्त्ररण गरेका छन । गत ९ गते जोख्ले गैरा मैदान गाँउ भासिए पछि उनिहरु बिस्तापित भएका हुन अहिले उनिहरु कोही आफ्न्तकोमा कोही बिचिन्न स्थानमा त्रिपाल टागेर बसेका छन उनिहरुसबेले एकै ठाँउमा बसोवास गर्ने गरि छिटो भन्दा छिटो बाको ब्यवस्थ ागर्न अनुरोध समेत गरेका छन । नगरपालिका प्रमुख तथा उपप्रमुले स्थायी बशोबासको लागि उचित स्थानको खोजी भइरहेको बताएका छन सबैको समस्या समाधाको लागि नगरपालिका हरेक दिन लमगि परेकोले सबै पिडितहरुलाई आत्मबल बढाउन अनुरोध समेत गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया