नेपाली काँग्रेस द्वारा दु:ख व्यक्त

१७ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


मधुसूदन नेपाल – अविरल वर्षासँगै आएको पहिरोक कारण भएको जनधनको क्षतिप्रती नेपाली काँग्रेस पाल्पा को एक ख क्षेत्रीय समितिले दुख व्यक्त गरेको छ । ०६/०८ गते बिहान करिब ३:३० बजेतिर भीषण पहिरोले पुरिदा ६० वर्षिय स्व.हुम बहादुर गाह्राको ५० बर्षिय स्व.श्रीमती धनी सरा गाह्रा ,१७ वर्षिय छोरी कृष्ण माया गाह्रा साथै ओम बहादुर आलेको १४ वर्षिय छोरी स्व. खुमी सरा आले ,मन बहादुर गाह्राक ८ बर्षिय छोरी स्व.लक्ष्मी गाह्राको साथै सोही वडाको सुरुङ्गडाडामा २७ बर्षिय गर्भवती महिलाको पहिरोमा परि ज्यान गएको घटना प्रती नेपाली काँग्रेस प्रदेश क्षेत्रीय समितिले एक विज्ञप्ति जारी गर्दै गहिरो दु:ख व्यक्त गर्दै संवेदनशीलता पर्ती सहानुभुती प्रकट गरेको छ।

” अविरल बर्षाका कारण त्यस क्षेत्रका विभिन्न ठाउँमा प्राकृति विपत्तिका घटनाहरु घट्न सक्ने भएकोले जोखिम ठाउँमा रहेको बासिदाहरुलाइ स्थानन्तरण गरि मानवीय संवेदनशीलतालाई ध्यान दिन स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकार संग जोडदार माग गर्ने र पहिरोले गर्दा क्षतिको विवरणको लगत लिइ पिडित परिवारलाई तत्काल राहतको व्यवस्थापन गरिने ” विज्ञप्तिमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया