शनिवार रुपन्देहीमा कांग्रेसले गरेको रांके जुलुस प्रदर्शन

प्रकाशित मिति:

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्ताव विरुद्ध नेपाली कांग्रेस रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा रांके जुलुस सहित विरोध प्रदर्शन गरेको छ । शनिवार बिहान बसेको कांग्रसको बैठकले रांके जुलुससहित रुपन्देही बन्द र सांसदको घर अगाडि कालो झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खांणले बताए । प्रदेश सभामा शुक्रवार प्रदेश नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसंगै बुटवलका विभिन्न ठाउंमा टायर बालेर विरोध जनाएको कांग्रेसले शनिवार सांझ जिल्लाका सबै क्षेत्रमा रांके जुलुस प्रर्दशन गरेको छ ।