सविधानसभा सदस्यहरुद्रारा प्रदेशको राजधानी परिवर्तन गर्ने प्रस्तावको बिरोध

१७ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
असोज १७ गते

नवलपरासी ।

पश्चिम नवलपरासीका नेपाली काङ्ग्रेसका नेता एव दुई जना संविधान सभा सदस्यद्रारा
प्रदेश नम्बर पाँचको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको बिरोध गर्नु भएको छ ।

आज भएका दुई छुट्टाछुट्टै कार्यक्रममा सबोधन गर्दै नेपाली काङ्गेसका नेता एव संविधान सभा सदस्य बिक्रम खनालले नेपाली काङ्ग्रेसले धेरै सोच बिचार गरेर प्रदेशको राजधानी बुटवलमा तोकेको बताउदै उहाँले अहिले नेकपाले आफ्नो बहुमतको दम्भ देखाएर बुटवल रहेको राजधानी परिवर्तन गरि दाङ्ग बनाउने प्रस्ताव ल्याएको बताउनु भयो ।
त्यस्तै अर्का नेपाली काङ्ग्रेसका नेता एव सविधान सभा सदस्य देवकरण कलवारले बुटवलको बिकल्प खोज्नु नहुने बताउदै उहाँले अन्तरास्ट्रिय एरयपोर्ट र औधोगिक हिसाबले र भौतिक पुर्वाधारको हिसाबले बुटवल नै उत्तम रहेको बताउनु भयो ।


हिजो देखी पश्चिम नवलपरासीमा विरोध प्रदर्शन भएको छ। कार्यक्रममा नेपालि काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुले दाङ्गमा राजधानीको प्रस्ताव गर्नु सरकारको दम्भ भएको बताउनु भएको छ ।

यसै बिच संयुक्त राजनीतिक समुहका नेताहरुकि नेतृत्वमा भएको बिरोध कार्यक्रममा नवलपरासीको परासीमा रहेको बुद्ध चोकमा टायर बाल्दै नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव विवादित भएपनि नामकरणका विषयमा भने खासै विवाद सुनिएको छैन ।

प्रदेश नम्बर ५ को प्रदेश सरकारले शुक्रबार दिउँसोको प्रदेशसभा बैठकमा राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया