कञ्चनको थकालीचोकमा प्रदेश ५ को राजधानी दाङ्गमा बनाउने निर्णय विरुद्ध रांके जुलुस

१७ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


असोज,कञ्चन- प्रदेश नं. ५ को स्थाई राजधानी दाङ्गको भालुवाङ्गमा राख्ने प्रदेश नं. ५ को सरकारले निर्णय गगरेपछि नेपाली कांग्रेस र बिभिन्न संघसंस्थाको नेतृत्वमा बिरोध र मसाल जुलुस प्रदर्शन भइरहेको छ। यसैक्रममा कञ्चन गाउपालिकामा पनि नेपाली कांग्रेस कञ्चन गाउ कार्यसमितीको आयोजनामा कञ्चनको मुख्य बजार क्षेत्र थकालीचोकमा बिरोध स्वरुप रांके जुलुस प्रदर्शन भएको छ ।

प्रदेशको राजधानी बुटवलमै कायम गर,मुख्यमन्त्री शंकर पोख्रेलले राजीनामा दे,ने.क. पा. सरकार मुर्दावाद,तेरो दुई तिहाइको दम्भ धेरै टिक्दैन जस्ता नारा लगाउदै कञ्चनको पिपरीचापा गरगरे र हरैया देखि धौलागिरीचौक हुदै बिरोध र्याली सहित आएको रांके जुलुस थकालीचोकमा पुगी सभामा परिणत भएको थियो । बिरोध र्यालीलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सहसचिव सुनिल मरासिनीले चुनावको बेला बुटवलमा प्रदेशको राजधानी बनाउने प्रतिबद्धता सहित चुनाव जितेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद बिष्णु पौडेलले मन्त्री पदसंग राजधानी साटेर जनतालाई धोखा दिएको आरोप लगाएका छन । बुटवल आर्थिक,भौगोलिक र भौतिक पुर्वाधारले सम्पन्न भएकै कारण नेपाली कांग्रेसको नेतृत्वको सरकारले बुटवलमा अस्थाई राजधानी प्रस्ताव गरेको र प्रदेश सभामा प्रतिनिधित्व गर्ने बहुमत सांसदहरुले पनि बुटवलमै स्थाई राजधानी बनाउने प्रस्ताव रहदा रहदै पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको दुई तिहाइको सरकरको नेतृत्वले अत्तालिएर दाङ्गको भालुवाङ्गमा स्थाई राजधानी बनाउने निर्णय गर्नु नेकपा सरकार हतासको मानसिकतामा रहेको उल्लेख गर्नु भएको छ।

यस्तै नेपाली कांग्रेसका युवा नेता बिष्णु पोख्रेलले यदि दाङ्गमा राजधानी बनाउनु नै थियो भने राज्यको ढुकुटी दोहन गर्ने गरी राजधानीका लागि उपर्युक्त स्थान छनौट गर्न भनि अध्ययन टोली गठन गरेर नाटक किन मञ्चन गरिएको भन्दै प्रश्न गर्नु भएको थियो ।अध्ययन टोलीले समेत रुपन्देहीको बुटवल र तयसको आसपास नै प्रदेशको राजधानी उपर्युक्त हुने सुझाव पेश गरेको तर लामो समयसम्म गुपचुपमा राखी एकाएक दाङ्गको भालुवाङ्गमा स्थाई राजधानी बनाउने निर्णय गर्नुले बुटवलमै राजधानी राख्ने आस्वासनमा बाचेका मतदाताहरुलाई निर्ममपुर्ण धोखा भएको आरोप लगाउदै युवा नेता पोख्रेलले यदि उक्त निर्णय नसच्चाए बलिरहेको मसाल सडकमा आगोको रुपमा परिणत हुने चेतावनी दिनु भएको छ। जिल्ला सदस्य देविराम रेमीले दाङ्गको भालुवाङ्गमा राजधानी बनाउने निर्णय बिरुद्ध नेपाली कांग्रेसको मात्र बिरोध नभएको सारा ब्यबसायी,उधोगी,बिभिन्न संघसंस्था र स्वयम शासक दल नेकपाका नेता कार्यकर्ता समेत आन्दोलित भइरहेको अवस्थामा पनि सरकारले सुन्दैन भने कि त सरकार बहिरा भएको छ कि त पद पैसा र जग्गा दलालहरुको कमिसनमा लम्पसार भएको छ भन्दै दाङ्गको भालुवाङ्गमा स्थाई राजधानी बनाउने नेकपा सरकारको निर्णय बिरुद्ध कडा आन्दोल शुरु भएको बताउनु भएको छ।

यस्तै कांग्रेस नेता डोल बहादुर थापाले केन्द्र देखि स्थानिय तह सम्म नेकपाको बहुमतको सरकारले जनतालाई करमात्र थोपरेर जनताको निस्वार्थ सेवा गर्छु भनेर चुनाव जितेका जनप्रतिनीधिहरुको अस्वभाविक सुबिधा बढाएको र हरेक स्थानिय तहहरुमा बिभिन्न बहानामा अनियमित र भ्रष्टचार गरेको र जनताहरुले ती अनियमित र भ्रष्टचारका बिरुद्ध आवाज उठाउलान र हाम्रो बेइज्जत हुन्छ भन्ने दरले प्रदेश ५ का जनतालाई राजधानीको बिषयमा ध्यान मोडाउन खोजिएको आरोप लगाउनु भएको छ। ने क पा को सरकारले दाङ्गको भालुवाङ्गमा प्रदेशको राजधानी बनाउने निर्णय बिरुद्ध जनता आन्दोलित भइसकेको र यदि निर्णय फिर्ता नलिए सडकमा आगो सल्किने चेतावनी दिनु भएको छ।

यस्तै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ (क)का सभापति राम बहादुर थापाले अस्थाई राजधानीका लागि बनाइएका संरचनाले स्थाई राजधानीको अभ्यास गरिहेको अवस्थामा ने क पा सरकारले बिभिन्न जगा दलालीहरुको कमिसन र निहित ब्यक्तिको राजनैतिक स्वार्थ पुरा गर्न राजधानी अन्तै बनाउनु ने क पा सरकार जनताको नभई दलालहरुको सरकार सावित भएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस कञ्चन गाउ कार्य समितिका सभापति यम बहादुर क्षेत्रीको नेतृत्वमा भएको कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस कञ्चन गाउ कार्य समितिका सचिव मन बहादुर थापा(मोती) थापाले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया