मुख्यमन्त्री सवार गाडि माथी ढुङगा प्रहार

१८ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडि माथी ढुङगा प्रहार गरिएको छ । कडा शुरक्षाका वीच भैरहवाबाट बुटवल फर्कर्दै गरेका मुख्यमन्त्री पोखरेलको गाडिमा प्रर्दशनकारिले तोडफोड गरेको प्रहरीले जनाएको छ । बुटवलको मिलनचोकमा मुख्यमन्त्रीको गाडिलाई लक्षित गरी हानिएको ढुङगाले मुख्यमन्त्री पोखरेलको स्कटिङमा रहेका दुईबटा गाडिमा सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ ।

प्रदेश ५ को राजधानी र नाम सम्बन्धी प्रस्ताव संसदमा पेश गरेर काठमाण्डौ गएका मुख्यमन्त्री पोखरेल आज रुपन्देही फर्किएका हुन् । उनी भैरहवा स्थित गौतमबुद्ध बिमानस्थलमा ६ बजे ल्याण्ड भएर सवा ६ बजे बुटवल प्रस्थान गरेका थिए । मुख्यमन्त्रीको गाडिलाई लक्षित गरी कोटिहवा, शंकरनगर, राजमार्ग चौराहमा ढुङगा प्रहार गरिएको श्रोतको भनाई छ । यता प्रहरीले नेपाली काग्रेस आब्हान गरेको रुपन्देही बन्दको समापन गरेर फर्कदै गरेका नेपाली काग्रेसका ७ जना कार्यकर्तालाई बुटवलको मिलनचोकबाट नियन्त्रणमा लिएको छ । प्रहरी प्रदेश सभा सदस्यका उम्मेदवार बिष्णु पोखरेल, नेविसंघका केन्द्रिय उपसभापति मुुत्ती पौडेल, काग्रेस नेता हरेलाल पाण्डे, शिब गैरे, प्रकाश गैरे, ज्ञानेन्द्र कार्की, कमला पाण्डेलाई नियन्त्रणमा लिएको रुपन्देही काग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…