ढोरपाटनका बाढी पहिरो पिडितलाई आथिक र खाद्यान्न सामग्री हस्तान्तरण

१८ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री,गुल्मी- बागलुङ ढोरपाटनका बाढी पहिरो पिडितहरुलाई आथिक र खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।शनिवार ढोरपाटन नगरपालिका वडा नम्बर ६,८र ९ का बाढि पीडितहरूलाई विदेशमा ५ जना व्यक्तिले संकलन गरि पठाएको नगद रू.२ लाख,४५ हजार बरावरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।

बाढी पहिरो पिडित १ सय,४३ घरपरिवारलाई प्रतिघरपरिवार एक बोरा चामल,एक पोका नुन,एक पोका तेलका दरले खाद्यान्न राहत सामग्री वितरण गरिएको हो ।त्यस्तै बाढी पहिराबाट पिडित ६ जना बच्चालाई प्रतिबच्चा १ हजार ५ सयका दरले नगद र खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

साथै हाल रोजगारीको शिलिशलामा कुवेतमा कार्यरत समाजसेवी दलवीर सिर्पालीबाट नगद रू.७० हजार, साउदी अरेवियामा कार्यरत समाजसेवी मन बहादुर रसायलीबाट नगद रू.७३ हजार,साउदी अरेवीयमा कार्यरत समाजसेवी चन्द्र रसायली र तिलाचन सिर्पालीले संयुक्त रूपमा नगद रू .६२ हजार,बहराइनमा कार्यरत समाजसेवी अविशेक सिर्पाली नगद रू.४० हजार रकम ढोरपाटन नगरपालिका वडा न.६ चामीद्वार निवासी ५ जना व्यक्ति मिलेर विदेशमा संकलन गरि पठाएको जम्मा एकमुष्ट नगद रू.२ लाख,४५ हजार रकम बाढी पिडितहरूलाई पठाएका थिए ।

राहत सामाग्री र सहयोग रकम ढोरपाटन नगरपालिका ९ का वडाअध्यक्ष ढोरपाटन नगरपालिका ६ निवासी स्थानीय समाजसेवी ज्ञान बहादुर सिर्पालीद्वारा बाढी पहिरो पिडित घरपरिवारलाई हस्तान्तरण गरिएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया