कञ्चनमा रुपन्देही बन्दको प्रभाव सामान्य

प्रकाशित मिति:

कञ्चन- प्रदेशको स्थायी राजधानी दांगमा हुने नेकपाका दुई अध्यक्ष बिचको औपचारिक सहमती पछि प्रदेश सभामा निर्णयार्थ प्रस्तुत भएपछि आव्हान गरिएको रुपन्देही बन्दको कञ्चनमा सामान्य प्रभाव परेको छ । कञ्चनको मुख्य बजार क्षेत्रहरु बेलभरिया,लौसा, हरैया,थकालीचोक र गरगरे बजारमा ढुवानीको सामान,सार्बजनिक सवारी साधन र निर्माण सामाग्रीका सवारी साधनहरुको आवत जावतमा पुर्ण रुपमा बन्द गरिएका थिए भने मोटरसाइकल,कृषि कार्यका लागि प्रयोग हुने ट्याक्टर,थ्रेसर लगायतका साधनहरुलाई भने आन्दोलनकारीहरुले छुट दिएका थिए ।

नेपाली कांग्रेस कञ्चन गाउ कार्य समितिको नेतृत्वमा भएको कञ्चनको बन्दमा बैंक तथा पसलहरु भने पुर्ण रुपमा बन्द भएका थिए । कञ्चनका मुख्य बजार क्षेत्र गरगरे, हरैया र बेलभरिया गरि तीन स्थानहरुलाई केन्द्र बनाई बन्द गर्न निस्केका नेपाली कांग्रेसका कार्यकर्ताहरुले सवारी चालक तथा सवारी धनीहरुलाई बन्द कार्यक्रमलाई सहयोग गर्न भनि अनुरोध गर्दै सवारी साधन संचालनमा रोक लगगाएका थिए ।

बिहानको समयमा लट्ठी र भाटा सहित बन्द गर्न सडकमा अएका कार्यकर्ताहरु १० बजे पछि भने सामान्य रुपमा सडकम सहभागी भई रुपन्देही बन्द कार्यक्रममा सहभागी भएका थिए । आन्दोलनकारीहरुले गाउ कार्यपालकाको कार्यलय र ५ वटै वडा कार्यलय पुर्णरुपमा बन्द गरेका थिए भने बजार क्षेत्रका पसलहरु छिटफुट रुपमा मात्र खुलेका थिए ।